फुट्सल विजेता अभिभावक टोलीलाई हिबिस्कस स्कुलको सम्मान

  • साउन १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा विजयी अभिभावक टोलीलाई बुधबार सम्मान गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक गङ्गाराम राई र भाइस प्रिन्सिपल विजय सिंह थेबेले विजेता अभिभावकहरूलाई खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे।

गत असार १३ गते धरान–५ देउरालीस्थित डिडी फुट्सलमा महिला शिक्षक र महिला अभिभावकबीच सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा अभिभावक टोलीले शिक्षक टोलीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।

कार्यक्रममा प्रबन्ध निर्देशक राईले शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने तथा शारीरिक तन्दुरुस्तीप्रति प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

सम्मानित अभिभावकहरूले पनि यस्ता कार्यक्रमले शिक्षकसँगको आत्मीयता बढाउनुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

वी.पी. कोइराला स्वास ...

आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। प ...

वी.पी. कोइराला स्वास ...

आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। प ...

वी.पी. कोइराला स्वास ...

आज केही मनका कुरा तपाईंहरूसँग बाँड्ने इच्छा जागेको छ। प ...

आज गुरु पूर्णिमा र व ...

काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved