विजयपुर / समाचार संम्प्रेषण गरेको चित नबुझेपछि बराक्षेत्र नगरपालिका पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको बिषयमा ज्यान मार्ने धम्की आएको छ । बराक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले गरेको काम प्रति हाम्रो शब्द अनलाईनमा संम्प्रेषण गरिएको समाचारको बिषयलाई लिएर मेयर कार्कीका सचिवलय सुरज क्षेत्री र तरुण दल बराक्षेत्र वडा नम्बर ४ का अध्यक्ष रोहित बस्नेतले मंगलबार विश्वकर्माको घरमा पुगेर धम्की दिएका थिए । विश्वकर्मा नेपाल प्रेष युनियनका जिल्ला कार्यसमिती सदस्य तथा बराक्षेत्र नगर कार्य समेतिका सदस्य समेत रहेका छन । समाचर लेखनमा चित नबुझेको खण्डमा बिभिन्न निकाय र प्रक्रिया
विजयपुर/ ईलाका प्रहरी कार्यालय धरानले सोमबार राती करिब ११बजे जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । धरान १० बिजयपुर हस्पिटल अगाडि अब्स्थीत केक प्यालेसबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धराले पक्राउ गरेको हो । प्रकाउ पर्ने हरुमा राजेन्द्र श्रेष्ठ,भरत थापा, बम बहादुर बस्नेत विपिन गुरुङ,अशिष कुमार राई, अशोक राई, सागर राई ,जस बहादुर राई, कुमार राई, कविराज राई र रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले बताएका छन । उनिहरुलाई मंगलबार म्याद थप हुने उनले जानकारी दिए । स्थानिय श्रोतका अनुसार पक्राउ प
विराटनगर / जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरु सँगको उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार महानगरपालिका विराटनगरको सभाहलमा आयोजित उक्त कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की सित छात्राहरुले अन्तरक्रिया छलफल गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाईकन बताउन आग्रह गरिन । उनले भन्नी “तपाईंहरुलाई कुनै समस्या आईपरेमा शिक्षकलाई भनुस शिक्षकलाई भन्न नसके आफनो घर – परिवारको अभिभावकहरुलाई भनुस यदि अभिभावकलाई पनि भन्न नसकेको खण्डमा मलाई भन्नुहोस् महानगरपालिका सधैंभरि तपाईंहरुको साथमा रहनेछ ।” छात्राहरुलाई अनेकौ समस्या हुने गर्छ जस्
बिराटनगर / मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ परेका छन । सोमबार करिब पौने १२ बजेको समयमा बिराटनगर महानगरपालिका वडा नम्बर – १६ हुलास चौक नजिकै भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री झापाको कमल गाउँपालिका वडा नम्बर – ६ घर भएका बिवेक ग्वालीलाई शंक्स्पद अवस्थामा फेला पारी चेकँजाच गर्ने क्रमा उनको साथबाट फेनारागन, एभिल, लुपिजेशि र डाइजोपाम गरी २६ एम्पुल लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको छ । यसैगरी सोमबार राति १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर – १ रत्नचोक बाट स्थ
पाँचथर / पाँचथरको फिदिम नगरपालिका वडा नम्बर – २ ओदिन स्थित मेची राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ। सोबार दिउँसो करिब १ बजे ओदिन बाट फिदिमतर्फ जादै गरेको झापा बिर्तामोड नगरपालिका वडा नम्बर– ८ मेथिबारी निवासी २४ बर्षिय युबराज अधिकारीले चलाएको प्र.१– ०३ – ००१ ब ००१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल झरेर दुर्घटना भएक थियो । सो दुर्घटनामा परेर गम्भिर घाईते भएका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय पाचँथरबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा उनको मृत
विराटनगर / दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरी गरि चार वटा स्कुल अन्तिम आठमा पुग्न सफल भएका छन । गत सोमबार विराटनगरमा भएको रनिङ्ग शिल्ड प्रतियोगितामा खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सहिद स्मृती आवसिय मावि, र विराटनगरको सत्यनारयण मावि विजय भई अन्तिम आठमा पुग्न सफल भएका छन । पहिलो खेलमा थर्ड आई स्कुलले विराटनगरको डन बस्को स्कुललाई १ – ० गोलको अन्तरले पराजित गरेको थियो । जितको लागि थर्ड आइका सुसान्त चौधरीले निर्णायक गोल गरे । उक्त खेलको म्यान अफ द म्याच आशिष कामत घोषित भए ।  
काठमाडौं / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।संसदीय दलको कार्यालयबाट पत्रलेख्दै शर्माले साउन १० भन्दा अगाडि नै दलको बैठकमा बोलाउन माग गरेका छन् । निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीले गर्ने भूमिकाबारे शंका उत्पन्न भएकाले सो बिषयमा कांग्रेस संसदीय दलको बैठक बसेर छलफल गर्नुे पर्ने देखिए पछि वैठकमा आवान गरेका बताएका छन ।
धरान / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आएर जल चढाएका छन् । जल अर्पणपछि बोल्दै अध्यक्ष लिंगदेनले साउन महिनादेखि शुरु हुने गरी नविन राप्रपा कार्ययोजना लागू गरेको बताउदै आजैबाट कार्यप्रारम्भ गर्ने बताए । उनले संगठनात्मक कार्य योजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाएको बताए । उनले बालगोपाल मन्दिर छेउमा बनेको चर्चको विषयमा चर्च र मन्दिरको विवादमात्र हैन ०६२ –०६३ को जनआन्दोलको राजनीतिक परिवर्तनपछि जनचाहना विपरीत, वहुसंख्यक जनताको भावना विपरीत जरजस्ती धर्मनिरपेक्षता काय
विराटनगर / विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार बसेको विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको वैठकले सोमबार कार्यालय अवधिभित्र उक्त विवरण पेश नगर्ने विद्यालयहरुलाई कानुनी कारबाही दायरामा ल्याउने निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको वैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकास देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि उपलब्ध गराईएको छात्रवृत्ति वितरण तोकिएकाे समय अबधिभरमा पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढ
धरान / सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार गराउने उद्देश्यले वी.पी. प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगु क्लिनिक संचालनमा ल्याइएको छ । यहि श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५%) मा डेंगु संक्रमण देखिएको थियो । उक्त परिक्षणलाई मध्यनजर गर्दै डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई सहज बनाउने गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ । इमर्ज