वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की नगरवासिहरुको आधारभुत आवश्यक्ताहरु पूरा गर्न , आई पुरेका समस्याहरुको समधानसंगै स्थानीय सरोकारका विषयमा संवाद गर्न र गुनासो सुन्नु दैनिक रुपमा टोल-टोलमा पुग्ने गरेका छन् ।
आफ्ना नगरवासिका आधारभुत आवश्यक्ता र आई पुरेका समस्याहरुको समधानकालागि प्रयास र सहयोग जप्रतिनिधि तथा स्थानिय सरकारले गर्न अग्रसर हुने पर्ने मान्यता राख्दै आएका नगर प्रमुख कार्की दैनिक रुपमा बिहान टोल टोलमै पुग्ने , अस्पताल पुग्ने , प्राकृतिक तथा दैबिक प्रकोप आए समधानकालागि सहयोग गर्न तत्कालनै घटना स्थल पुग्ने गरेका गर्दछन् ।
नगरवासिको समस्या हल गर्न घटना स्थलमै पुगेर सहयोग गर्ने नगर प्रमुख कार्कीको उक्त कार्यलाई नगरवासिहरुले सहयोगी मेयरको रुपमा चर्चा गर्ने गरेका छन् ।
आगोलागी भएको स्थानमा बारुण यन्त्रमा साथ स्थानियवासि र प्रशासनसंगै आगो नियन्त्रणमा सक्रिय हुने , जंगली हात्ती गाउमा आए हात्तिलाइ बस्तिबाट हटाउन स्थानियसंगै टोलमै पुग्ने , बाढि , पहिरो लगायतका बिपद्को समयमा आफै घटना स्थलमा पुगेर समस्यामा परेका नगरवासिहरुलाई सहयोग गर्ने लगायतका कार्यमा नगर प्रमुख कार्की आफै जनशक्ति र प्रबिधि लिएर पुगि हाल्ने गर्दछन् । यसले बिपद तथा अभरमा परेका नगरवासिहरुमा जनप्रतिनिधि र स्थानिय सरकार भएको भत्याभुति गराएको छ ।
विरामि हुदा उपचारमा सहयोग तथा सहजिकरण गर्ने , मृत्यु हुदा श्रद्धाञ्जली तथा समवेदना दिने , बिपद्को समयमा राहत , उद्घार तथा खोज कार्यमा सक्रिय हुने मानविय सेवामा नगर प्रमुख कार्की सक्रिय हुदा यसले स्थानिय सरकार र जनप्रतिनि प्रति बिश्वार तथा भरोसा बढाएको स्थानियहरु बताउछन् ।
अझ बिकाश निर्माणका योजनाकालागि माथिला निकाय जाने , योजनाकालागि लबिङ्ग गर्ने र आफै सक्रिय भएर निर्माणाधिन कार्यको निरिक्षण गर्ने नगरवासिको घरमा पुगेर स्थानीय सरोकारका विषयमा संवाद गर्न र गुनासो सुन्ने कार्यले जनप्रतिनि र नगरवासिहरुको थप बिश्वार तथा भरोसालाई मजबुद बनाएको छ ।
दैनिक बिहान र साझको समय टोल- टोलमा पुगेर नगरवासीहरूसँग विकास निर्माणका कुरा , अस्पतालमा पुगेर सहयोग सहजिकरण , प्राकृतिक तथा दैबिक प्रकोपको समयमा घटना स्थलमै पुगेर सहयोग गर्ने संवाद गर्ने र गुनासो सुन्ने कार्यले गर्दा जहाँ अभर त्यहा मेयर पुग्छन भन्ने भनाईलाई पुष्टि गरेको छ ।