पशु प्राविधिकविहीन भएपछि किसान मर्कामा

  • माघ ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ बराहक्षेत्र नगरपालिकाको १ र २ नम्बर वडा (साविक वराहक्षेत्र गाविस) पशु प्राविधिकविहीन हुँदा किसानहरू मार्कामा परेका छन् ।

गत साउन महिनादेखि यी २ वटा वडामा कार्यरत एक जना पशु प्राविधिकले हाजिर गर्न छाडेपछि सेवाग्राही जनताले दुःख पाएको गुनासो गरेका छन् ।

६ महिनादेखि कार्यालयमा पशु प्राविधिक नहुँदा औषधिसमेत दराजमा थन्किएका र खेर गएका छन् ।पशु प्राविधिक पठाउन वडाले नगरलाई पत्रसमेत पठाएको छ । जनप्रतिनिधिले नगरसभामा पशु प्राविधिक नभएको गुनासो पनि गरेका थिए । तर, कार्यान्वयन हुन सकेको छैन ।

हाल पशु बाख्रामा देखिने सामान्य रोगहरु नाम्ले, झाडा पखालालगायतका रोगको औषधि वडा सदस्यले नगरका प्राविधिकसँग भिडिओ कलमार्फत जानकारी लिएर वितरण गर्ने गरेको बताउँछन् ।

हाल चिसोको मौसममा पशुहरुमा परजीवी सङ्क्रमण, पोषणको कमि, रक्तअल्पत्ता (एनेमिया), झाडापखालालगायतका रोग देखिने गरेको छ ।चिसोका कारण धेरैजसो जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको छ ।

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

धरानमा हुनेभयो 'मिस् ...

धरान/ नेपाल तरुण दल, सुनसरी क्षेत्र नम्बर १ क्षेत् ...

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved