भिक्षामा पनि शिक्षा

  • माघ ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  हामी सबैले बौद्धधर्मालम्बीमा आस्था राख्ने भिक्षुहरुले घर घरमा गएर केही न केही मागेको देखेकै छौ ।

वास्तवमा त्यो माग्नु आफ्ना्े दिनचर्या चलाउनुमात्र हैन यसभित्र पनि शिक्षा प्रदान गर्ने कुरा छ भन्दा अचम्म लाग्न सक्ला तर भिक्षुहरुले भिक्षा माग्दा समेत त्यसभित्र बौद्ध शिक्षा प्राप्त हुन्छ भन्ने कुरा स्वयम् भिक्षुहरुले जानकारी गराएका छन् ।

बौद्ध धर्ममा आस्था राख्ने भिक्षुहरु नेपालका हरेक ठाउँमा लामबद्ध लागेर भिक्षम दे भन्दै हिडेका हुन्छन् ।

उनीहरुको दिनचर्या नै भिक्षा मागेर चलेको हुन्छ तर भिक्षा माग्दै हिड्ने भिक्षुहरुले भने भिक्षा जीवनयापन गर्ने मात्र नभई यसभित्र बौद्ध शिक्षा समेत प्राप्त हुने बताउँछन् । भिक्षुहरुले संग्रह गरेर राख्न नहुने भएकोले पनि भिक्षुको काम भिक्षा माग्ने रहेको मिक्षु छन्द धमु बताछन् ।

उनूले जीवनमा अभाव के हो र अभावबाट कसरी पार पाउन सकिन्छ भन्ने कुराको शिक्षा समेत प्रदान गर्ने बताए ।

बौद्ध धर्मामा नियम पालना गर्नका लागि पनि भिक्षा माग्नुपर्ने र अभाव के हो भन्ने कुराको शिक्षा लिनका लागि पनि भिक्षा माग्नुपर्ने भएको भिक्षु चन्द्र भन्ते बताउछन् । उनले आफूले भिक्षा माग्दा अरुलाई पुण्य कमाउने मौका दिनु अर्थात कसैसँग लिएपछि दिने मान्छेले पुण्य कमाउँछ भन्ने बौद्ध शिक्षाकै कारण भिक्षुहरु र्संग्रह नगरी भिक्षा माग्ने गरेको बताए ।

लोप, लालच र जीवनमा गर्नुपर्ने त्यागका विषयमा शिक्षा दिने काम पनि भिक्षुहरुले गर्ने गरेको बौद्धधर्मालम्बीहरु बताउँछन् । भिक्षुले भिक्षँ माग्दा दान दिनेले लोभ लाभ गर्नुहुदैन, लोभको त्याग गर्नुपर्छ भन्ने सन्देश भिक्षुबाट हुने भएकोले बर्ष बर्षमा यसरी भिक्षँ माग्ने काम गर्ने गरेको अगुवाको भनाई छ ।

भिक्षामा पनि शिक्षा छ भन्ने कुरा अवगत गराउन पनि भिक्षुहरु भिक्षादानका लागि निस्किने गरेको स्वयम उनीहरुले बताएका छन् । बौद्ध ज्ञानसँगै जीवन यापन गर्ने माध्यमलाई भिक्षुहरुले भिक्षालाई आत्मसात गरेर हिडेको बौद्धधर्मालम्बीहरुका आग्रजहरुले बताउने गरेका छन् ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved