सुनसरी/ नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो। ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,ु सहायक प्रजिअ गुरूङले भने। उनका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई ५० हजार जरिवाना गरिएको हो । अनुगमन टोलीले किर
धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भुपाल राईलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१–CL–१३५६ अन्तर्गत लागूऔषध मुद्दामा थुनामा रहेका थिए। गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए। फरार कैदीको खोजतलासका क्रममा प्रहरीले उनलाई २०८३ साउन २३ गते राति ११ः५० ब
बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलंका टप्पु स्थित चिलैया तर्फ सप्तकोशी नदिले तिब्र रुपमा कटान गर्दा टप्पुका स्थानियहरु त्रषित बनेका छन् । सप्तकोशी नदिले बराहक्षेत्र नगरपालिका बडा नं ६ र ९ चिलैया टप्पु क्षेत्र लगायताका ठाँउबाट बस्तितर्फको भु-भाग दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको छ । कोशी नदीको पानिको बहाब घट्ने , बढ्ने कारण पानीको छालले बलौटे माटो खोत्लने कार्य तिब्र हुने गरेको स्थानीय अर्जुन चन्द्रवशीले बताए । सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि साउन ५ गतेबाटै बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगर
धरान/ धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विवादमा परेको छ। आर्थिक विकास समितिमा विनियोजित ५ करोड रुपैयाँको ब्रेकडाउन गर्ने विषयबाट सुरु भएको विवाद अहिले नगरसभा सञ्चालनमै असर पर्ने अवस्थामा पुगेको छ। सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्याइएको ५ करोड रुपैयाँको बजेट सञ्चालन गर्ने विषयमा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरूबीच मतभेद बढेको हो। विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेका छन्। धरान–१५ का वडाध्यक्ष नरेश इवारमका अनुसार उपमहानगरपालिकाले हालसम्म सहकारीसम्बन्धी ऐन, नियम तथा कार्यविधि बनाएको छैन। यस्तो अवस्थामा
सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बराहक्षेत्र–चतरा भित्री सडकखण्डबाट ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। शनिबार (आज)बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरा आउँदै गरेका एउटा कार र मोटरसाइकल रोकेर जाँच गरेको थियो। जाँचका क्रममा प्र १–०२–००२ च ४८५१ नम्बरको कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४१८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजास
इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा संरक्षण र पुस्तान्तरणलाई प्राथमिकता दिँदै गाउँपालिकाभित्रका ११ सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ। राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीन विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा र लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीन विद्यालयमा लिम्बू भाषा अनिवार्य विषयका रूपमा पठनपाठन सुरु गरिएको हो। गाउँपालिकाका अनुसार माङसेबुङ–२ को सरस्वती आधारभूत विद्यालय, वडा नं. ४ को जनता आधारभूत विद्यालय र वडा नं. ६ को सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषाको पाठ्यपुस्तक लागू गरिएको छ। यसअघि वडा नं.
इटहरी/ इटहरी–९ का १६ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै आज पनि विभिन्न कलेजका विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएका छन्। यसैबीच प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकाविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। विद्यार्थीहरूले सरोजको मृत्यु रहस्यमय रहेको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्लेकार्डसहित नाराबाजी गर्दै उनीहरूले अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रभावमुक्त ढंगले गर्न सम्बन्धित
धरान/ सुनसरीको धरान–१६ स्थित पौडेल चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। बुधबार राति करिब ८:३० बजे शंकास्पद रूपमा रहेका उनीहरूलाई जाँच गर्दा ट्रामोल ३१३, एसएपीएसपीएइनफ्री १९५, एसपीएएसपीएइनप्रो १०० र एसपीएएसरेस्ट १८ गरी जम्मा ६२६ ट्याब्लेट तथा क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धरान–१३ का २२ वर्षीय अनिष तामाङ, १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथर फिदिम–१ का २१ वर्षीय पुरप राना मगर र २१ वर्षीय अबिनाष थापा
धरान/ सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । ‘जेनजी आन्दोलन’ का क्रममा कारागारबाट भागेका तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले घरैबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालत तेह्रथुमले नेपालीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला सुनाएको थियो । ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा उनी २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको फाइदा उठाउँदै झुम्का कारागारबाट फरार भएका थिए । कारागारबाट भागेपछि उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्र
इटहरी/ इटहरी–९ का १७ वर्षीय सरोज न्यौपाने मृत फेला परेपछि घटनाले इटहरीमा तरंग सिर्जना गरेको छ। इटहरीस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत सरोजको मृत्यु शंकास्पद रहेको भन्दै उनका साथीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। साथीहरूका अनुसार सरोजले लामो समयदेखि परिवारभित्र मानसिक तथा शारीरिक यातना भोग्दै आएका थिए। उनीहरूले सरोजलाई विशेषगरी सौतेनी आमा र काकाहरूले पटक–पटक कुटपिट गर्ने, खाना नदिई यातना दिने गरेको दाबी गरेका छन्। कुटपिटका डामसमेत आफूहरूलाई देखाउने गरेको र "म अब धेरै सहन सक्दिनँ" भन्दै पीडा सुनाउने गरेको साथीहरूको भनाइ छ। साथीहरूले सरो