जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका कैदी धरानमा पक्राउ

  • साउन २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भुपाल राईलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१–CL–१३५६ अन्तर्गत लागूऔषध मुद्दामा थुनामा रहेका थिए। गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए।

फरार कैदीको खोजतलासका क्रममा प्रहरीले उनलाई २०८३ साउन २३ गते राति ११ः५० बजे धरान–११ सगरमाथा टोलबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउपछि राईलाई आवश्यक प्रक्रिया पूरा गरी झुम्का कारागार पठाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved