कारमा ४१८ किलो गाँजा, मोटरसाइकलसहित चार जना पक्राउ

  • साउन २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बराहक्षेत्र–चतरा भित्री सडकखण्डबाट ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार (आज)बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरा आउँदै गरेका एउटा कार र मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा प्र १–०२–००२ च ४८५१ नम्बरको कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४१८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित प्रहरीले कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिबनी राई तथा को ११ प ५६०१ नम्बरको मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार ३८ वर्षीय शंकर चौधरीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गाँजा, कार र मोटरसाइकलसहित चारै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

जेनजी आन्दोलनका क्रम ...

धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरा ...

कोशी टापुमा कोशी कटा ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा ...

धरानको बजेटमा किचलो ...

धरान/ धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३ ...

माङसेबुङका ११ विद्या ...

इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा संरक्ष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved