कोशी टापुमा कोशी कटानको त्रास : संघिय सरकार गुहार्दै स्थानिय सरकार

  • साउन २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलंका टप्पु स्थित चिलैया तर्फ सप्तकोशी नदिले तिब्र रुपमा कटान गर्दा टप्पुका स्थानियहरु त्रषित बनेका छन् ।

सप्तकोशी नदिले बराहक्षेत्र नगरपालिका बडा नं ६ र ९ चिलैया टप्पु क्षेत्र लगायताका ठाँउबाट बस्तितर्फको भु-भाग दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको छ ।

कोशी नदीको पानिको बहाब घट्ने , बढ्ने कारण पानीको छालले बलौटे माटो खोत्लने कार्य तिब्र हुने गरेको स्थानीय अर्जुन चन्द्रवशीले बताए । 

सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि साउन ५ गतेबाटै बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाले कटान नियन्त्रणको काम सुरु गरिएको छ ।

स्थानियबासिहरुको सहभागितामा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरीको टोली सहित सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिका सहकार्य सहित कटान नियन्त्रणकालागि सक्रिय भएर लागि परेको स्थानिय कटाम नियन्त्रण समितिका अध्यक्ष जयराम माझिले बताए । 

अध्यक्ष माझीका अनुसार स्थानीयको सहभागितामा सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित गरैया टापु क्षेत्रमा कटान तिब्र हुन हुन थाले पछि बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की र बेलका नगरपालिका प्रमुख अशोक कार्की बस्ती र खेतीयोग्य जमिन जोगाउन सुरक्षा निकाय तथा स्थानियबासिहरु संयुक्त रूपमा कटान नियन्त्रणको काममा लागि परेका छन् ।

साउन सुरु भएदेखिनै चिलैया, गरैया क्षेत्रमा नदीले तीव्र कटान गर्न थालेपछि स्थानीय त्रसित हुँदै स्थानिय सरकारका प्रमुखहरुलाई खवर गरेका थिए ।

नदीले जमिन कटान गर्न थालेपछि स्थानीयहरु श्रमदान, स्थानिय सरकारको साधन, स्रोत ब्यवस्थान तथा सहभागिता र सुरक्षा निकायहरु समन्वयमा कटान नियन्त्रणकालागि बाट बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्धन निर्माण गरेर नदीको वहाब मोड्ने प्रयास जारि रहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

बराहक्षेत्र नगरपालिका र बेलका नगरपालिकाले माटो, बोरालगायत आवश्यक सामग्री उपलब्ध गराएको छ भने स्थानीयबासि र सुरक्षाकर्मीहरु श्रमदानमार्फत कटान नियन्त्रणमा जुटेका छन् ।

नदीको वहाब नियन्त्रण गरी थप क्षति हुन नदिन सम्बन्धित निकायसँग समन्वय भइरहेको वराहक्षेत्र नगरपालिकाका प्रमुख कार्कीले बताए ।

नगर प्रमुख रमेश कार्कीका अनुसार कटानको दीर्घकालीन समाधानका लागि कोशी परियोजना, कोशी बक्राह कटान नियन्त्रण , जिल्ला प्रशासन कार्यालय र भारतीय पक्षसँग समन्वय भइरहेको छ । स्थानियर सरकारले स्थानियबासिहरुसंगको सहकार्यमा तत्काल कटान रोक्ने प्रयास गरि रहेको छ ।

तर प्रयास पुर्ण रुपमा सफल हुन सकेको छैन् । हामी बस्ती र हजारौ हेक्टर खेति योग्य जमिनको सुरक्षामा लागि परेको छौ । तर संघिय सरकारले भन्ने कुनै बास्ता गरेको छैन् । संघिय प्रतिनिधिले कुनै चासो नदेखाएको नगर प्रमुख कार्कीले गुनासो गरे ।

सप्तकोसी नदिको कटानका कारण पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार उच्च जोखिममा परेका छन् ।

सप्तकोशी कटानका कारण सुनसरीको टप्पुका सहित उदयपुरको बेलका नगरपालिका वडा नं १,२ र ३ का बस्तिहरु त्यस्तै सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् ।

सप्तकोशी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिका २ र ३ मा फैलिएको छ । टापुबासिहरु अधिकांश कृषि र पशुपालनमा निर्भर छन् ।

कोशी कटानको दिर्घकालिन समधान हाम्रो माग भएकाले यसलालागि काम गर्न संघिय सरकारले अग्रसर हुनु पर्ने बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको भनाई छ ।

तर हजारौ परिबारलाई बिस्तापित हुने गरि कोशी नदिले कटान गर्दा पनि संघिय सरकार र संघिय प्रतिनिधिहरुबाट कुनै सहयोग नमिलेको उनले गुनासो गरे ।

कोशी कटान नियन्त्रणकालागि प्रदेस सरकार , संघिय सरकारसंगै छिमेकी देशको बिहार सरकारले योजना बनाउनु पर्ने उनको माग छ ।

जेनजी आन्दोलनका क्रम ...

धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरा ...

धरानको बजेटमा किचलो ...

धरान/ धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३ ...

कारमा ४१८ किलो गाँजा ...

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमा ...

माङसेबुङका ११ विद्या ...

इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा संरक्ष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved