विराटनगर/ पछिल्लो समय विराटनगर क्षेत्रका युवा लागुऔषध सेवन गर्न भारतको जोगबनी पुग्ने गरेको प्रहरीले जनाएको छ । ‘लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक’ भिडियो सार्वजनिक कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उक्त जानकारी दिएको छ ।दैनिकजसो लागुऔषध सहित प्रहरीले मानिस पक्राउ गरिहेकै हुन्छन् । त्यहीपनि नियन्त्रणमा भने आउन सकेको छैन। लागुऔषध सेवन गर्नकै लागि दैनिक ६ सय देखि ७ सयसम्म नेपाल भारतको सीमा नाका जोगबनी पुग्ने गरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार लागुऔषध नियन्त्रणका लागि चारवटा जिल्लामा
विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सुनसरी र मोरङका विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको श्रम ऐन कार्यान्वयनको अवस्थाको निरक्षण गर्ने भएको छ । त्यसका लागि भीमज्वाला राईको संयोजनमा ५५ सदस्यीय टोलीको घोषणा गरेको छ । शनिबार विराटनगरमा जिफन्टको कायाकल्प अभियानको अभिमुखीकरण कार्यक्रम गर्दै सुनसरी र मोरङमा रहेका उद्योगकलकारखाना तथा विभिन्न प्रतिष्ठानलाई श्रमिकहरुको कार्यथलोका रुपमा वर्गीकरण गर्दै प्रतिष्ठानहरुमा श्रम ऐनको कार्यान्वयनको अवस्था, श्रमिकहरुको सेवासुविधाको अवस्था, श्रमिकहरुलाई समाजिक सुरक्षा योजनामा समावेश गरेनगरेको विवरणको अध्ययन गर्दै श्रमिहरुको अधिकारको भावी कार्यदि
धरान ।उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार डाक्टरको लापरबाहीले मृत्यु भएको आफन्तले बताएका छन् । झाडापखालाको समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका बालकको मृत्यु डाक्टरको लापरबाहीका कारण भएको भन्दै परिवारले गम्भीर आपत्ति जनाएका छन्। मृतकका पिता मोहन खड्काका अनुसार झाडापखालाको समस्या जारी रहेको जानकारी गराउँदा पनि इमर्जेन्सीमा खटिएका चिकित्सकले बालकको स्वास्थ्य गम्भीर नरहेको भन्दै उपचारमा हेलचेक्र्याइँ गरेका थिए। चिकित्सकले “बच्चा हाँसिरहेको छ, केही हुँदैन” भन्दै २,४ दिनपछि मात्र ल्याउन सुझाएका थिए। जबर्जस्ती
नयाँ पात्रोबाट साभार गरि संपादित । आज विश्व ध्यान दिवस नेपाल सहित विश्वभरी नै मनाईदैछ । ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्।यस श्लोकले ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ। ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो। २१ डिसेम्बर सन् २०२४ मा विश्वभर नै प्रथम ध्यान दिवस मनाइँदै छ। यस वर्ष २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो। सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्
सुनसरी /धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उपाधी आयोजक धरान मेघाले चुमेको छ । अत्यन्तै प्रतिश्प्रधात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाइ थप समयमा ६२-५९ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । निर्धारित समय सम्ममा दुवै टिमले ५५-५५ बरावर अंक जोडे पछि चार मिनट समय थप गरिएको थियो । थप समयमा धरान मेघाले ७-४ अंगको अग्रता लिदै उपाधी जितेको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६-८, ४-८, २०-१९ र १५-१० अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रद
विद्यार्थी जीवनलाई सुनौलो जीवन अर्थात् ‘गोल्डेन लाइफ’ भन्छन् । विद्यालयको कक्षा कोठा भनेको संसारलाई चिहाउने ज्ञानको सुन्दर स्पेस हो । सुन्दर भविष्य र मिठो विपनाको साँचो बनाउने सानो, स्वप्नील र जादुमयी अभ्यास कोठा पनि हो । ओफ्रा वीन्फ्रीका अनुसार ‘स्वतन्त्रताको लागि पासपोर्ट हो ।’ तीन दशकअघि धरानको सरकारी स्कुलको त्यही स्वप्नील झ्यालको वरपर झुम्मिने हामी एसएलसी (एसईई) सम्म पढेका ५६ विद्यार्थीहरू थियौँ । हाईस्कुल अमूल्य सम्झनाहरूको एल्बम हो । अहिले आउने सम्झनाका ती तस्बिरहरू जति पल्टाएर हेर्यो, त्यति जीवनभर रङ्गीन सम्झना भएर अविरल बगिरहने कहानी हो । हाईस्कुल
गहिरो निद्राले क्लान्तर, अचेत सडक किनारमा बसेरसिलाईरहेछ, च्यातिएका सपनाहरुचम्काईरहेछ पालिस, जिन्दगीका दागहरुमा घोटिरहेछ ब्रस, धुलाम्य भविष्यका रेसारेसामा । उही काठको बाकस उही पुराना औजारहरु करङ भाँचिएको उस्तै छातामुनिखियाइरहेछ, दश नङ्ग्रा , घोटेर नलीहाडपुस्तौँदेखि, भोग चढाईहेछ रगत र पसिनाको । नउध्रिनेगरी तुन्नुछ, सपनाहरुरंग भरेर हटाउनुछ, काला दागहरुचहकिलो बनाउनुछ, सन्ततिका भविष्य चुक्ता गर्नु छ, हिसाव किताव, शोषण र विभेदको । एक पटक उथलपुथल बनाउनु छ, गाँउ, सहर र वस्तीहरु जगाउनु छ, मूच्र्छित सडकलाई आँधीबेहरी ल्याउनु छ चेतनाको उडाउनु छ, उत्पीडनका धुलो, पातपतिङ्गर र चट्टानहरुलतार्दै उच्छेद गर्
नेपालमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालले हाम्रो जीवनशैलीलाई सहज बनाएको छ। सूचनाको आदानप्रदान, विश्वव्यापी सम्पर्क, र सिर्जनात्मक अभिव्यक्तिका लागि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ। तर, यसको नकारात्मक प्रभावले समाज, संस्कार, र सम्बन्धलाई गहिरो रूपमा प्रभावित गरिरहेको छ। सामाजिक सञ्जालको अनुचित प्रयोगले नेपाली समाजमा धेरै समस्याहरू सिर्जना गरिरहेको छ, जसले हाम्रो सांस्कृतिक र सामाजिक संरचनालाई चुनौती दिएको छ। १. पारिवारिक सम्बन्धमा दरार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले परिवारभित्रको आत्मीयता र संवादमा कमी आएको छ।परिवारका सदस्यहरू एकअर्कासँग समय बिताउनुभन्दा मोबाइल स्क्रिनमा व्यस्त देखिन
विराटनगर । कोशी प्रदेशका आदिवासी जनजातिहरूले आस्था र विश्वासका साथ मान्ने थान संस्कृतिको संरक्षणको लागि प्रदेश सरकारले ऐन बनाउने भएको छ ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले संस्कृति नीति बनाउँदै थान संरक्षण ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशमा बसोबास गर्ने थारु,राजवंशी,धिमाल, सन्थाल,मेचे, कोचे, राई, लिम्बु गन्गाई, झाँगड लगायतका आदिवासीहरूले थान संस्कृति मान्दै आएका छन् ।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले थान संस्कृति लोप हुँदै गएकाले प्रदेश सरकारले ऐन बनाएर थान संस्कृतिको संरक्षण गर्ने बताए ।प्रदेश संवाद समूह कोशीले आयोजना गरेको थान संस्कृत संरक्षण सम्बन्धी
धरान/ यही पुस ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ हुने महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अग्र्यानिक खाद्यान्न महोत्सव हुने छ । नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजनामा धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना हुने महोत्सवको सह आयोजक त्रिवेणी महिला समुह धरान १५ रहेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष कृष्ण राईले महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय