केराबारीमा मानव हड्डी

  • फागुन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

केराबारी/ मोरङको केराबारी गाउँपालिका–१ ढोडेदह भन्ने ठाउँमा बुधबार मानव कंकाल फेला परेको छ ।

मृत्यु भएको मानिसको शरीरका हड्डीहरु फेला परेका छन् । लगाएको कपडाका आधारमा उक्त कंकाल पुरुषको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।दाउरा खोज्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई बिहान १० बजेतिर खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट उठाएर कंकाललाई परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

प्रहरीका अनुसार कंकाल कसको हो भनेर यकिन छैन । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थल केराबारी बजारबाट अन्दाजी २३ किलोमिटर उत्तरमा पर्छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved