सात वर्षमा पनि सञ्चालनमा आएन डेरी उद्योग: अनुदान र लगानी बालुवामा पानी? भगीरथ भण्डारी

  • फागुन १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  इलाम नगरपालिका–५ मा नेपाल सरकारको अनुदानमा स्थापित डेरी उद्योग सात वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।

एक जिल्ला, एक उत्पादन कार्यक्रमअन्तर्गत करोडौँ रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योग सञ्चालन नहुँदा अनुदान मात्र पचाइएको आशंका गरिएको छ।

डेरी उद्योगका लागि २०७३/०७४ मा १ करोड ६७ लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त भए पनि उद्योग सञ्चालनमा आउन सकेको छैन।

२०७४ मै भवन निर्माण र मेसिन खरिद भए पनि अहिलेसम्म मेसिन परीक्षण र जडानको काम अधुरो छ।

सरकारले ५० प्रतिशत अनुदान र ५० प्रतिशत स्थानीय लगानीको मोडेलमा उद्योग स्थापना गरेको थियो।

इलाम एग्रिटेक प्रालि नामक कम्पनीमार्फत २४ जना व्यवसायीले १५ रोपनी जग्गा खरिद गरी उद्योग स्थापना गरे पनि सात वर्षसम्म उत्पादन सुरु हुन सकेको छैन।

डेरी उद्योग सञ्चालन गर्नका लागि ७५ लाख रुपैयाँ बैंक ऋण समेत लिइएको थियो।

दैनिक ३,५०० लिटर दूध प्रशोधन गर्ने लक्ष्य राखिए पनि २०७७ भदौ १९ मा अन्तिम परीक्षणपछि सञ्चालन हुने भनिएको उद्योग चार वर्ष बित्दा पनि अठबिसे अवस्थामा छ।

कम्पनीका प्रवन्ध निर्देशक प्रकाश चापागाईंले पटक–पटक सञ्चालनको मिति तोके पनि अझै उद्योग सञ्चालनमा आउन सकेको छैन।

कोभिडका कारण ढिलाइ भएको बताइए पनि अहिले विद्युत् जडान, मेसिन मर्मत, सरसफाइ लगायतका विषय अल्झिरहेको उनको भनाइ छ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलका अनुसार उद्योग सञ्चालनका लागि अझै ५० लाख रुपैयाँभन्दा बढी रकम आवश्यक छ। डेरी उद्योगका लागि बाटो निर्माण, उपकरण मर्मत, कोल्ड स्टोर जडान लगायतका काम बाँकी रहेका कारण ढिलाइ भइरहेको उनले बताए।

स्थानीय तथा सरकारी लगानीमा निर्माण भएको डेरी उद्योगको भविष्य अन्योलमै छ। यदि छिटो सञ्चालनमा आउन नसके सरकारी अनुदान र निजी लगानी दुवै खेर जाने खतरा बढ्दै गएको छ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved