समाज

    Showing २,२७१-२,२८० of ७,१२५ items.
  • देशकै ठुलो राष्ट्रिय कविता प्रतियोगिताको तरहरामा तयारी

    इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ । श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ९०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घिसिङको पक्षमा धरानमा प्रदर्शन,निर्णय सच्याउन माग

    धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियु्क्त गरेपछि अहिले त्यसको सर्वत्र विरोध भएको छ ।धरानमा समेत सर्वपक्षीय, सर्वदलीय समिति गठन गरेर कुलमान घिसिङको बर्खास्तको विरोध गर्दै विरोध जनाएका छन् ।समितिले धरान १ छाताचौकबाट विरोध प्रदर्शन गरेको थियो । ¥याली धरान २ भानुचौकमा पुगेण कोणसभामा परिणत भएको थियो । ¥यालीमा उनीहरुर्ले ै नालाक सरकार मुर्दाबाद, भ्रष्ट ओलि सरकार मुर्दाबाद, नालायक ओली सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए ।कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्र धरान उपमहानर कमिटीका

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ७१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरलाई पत्रः मेयर साब   धरानलाई नगर अस्पताल चाहियो

    वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछि तात्कालीन धरानका समाजसेवीहरुको सामूहिक पहलमा विक्रम सम्बत् १९९२ सालमा धरानका महामना दाताहरुले निजी जग्गा दानगरी जनस्तरबाटै भवन खडागरी जनता कै पहलमा डाक्टर एवम् औषधीहरुको प्रबन्ध गरी सुरु भएको धरानको छाताचोक नजिकैको धरान अस्पताल ठूलो षडयन्त्रमा परेर धरानबाट हरण भएको घटनाले आम धरानबासीलाई मानसिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ । अस्पतालको हरणले दाताका परिवारहरुको उपहास मात्र गरेको छैन आम धरानेले सहज तथा सुलभ रुपमा लिन पाउने सरकारी उपचार सेवाको समेत अपहरण भएको छ ।   जनस्तरबाट प्रारम्भ भए पनि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त

    • प्रकाशित मितिः चैत १२, २०८१
    • १,३१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध, सरकारको निर्णयमाथि चर्को आलोचना

    काठमाडौं/  नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । सत्तारूढ नेपाली कांग्रेसभित्रैबाट समेत घिसिङ हटाउने निर्णयको विरोध भइरहेको छ । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री थापाले फेसबुकमार्फत सरकारको आलोचना गर्दै भनेका छन्, "यस्तो बेला सरकारको डेलिभरीबाट असन्तुष्टि सम्बोधन गर्ने प्र

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ६०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजको खेल: १७ र २० नं. वडा आमनेसामने, ४ र १३ नं. वडाबीच प्रतिस्पर्धा

    धरान/ गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा १७ नं. वडा र २० नं. वडाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा ४ नं. वडा र १३ नं. वडाले आमनेसामने हुनेछन् । रात्रिकालीन प्रतियोगिताका यी खेलहरूमध्ये पहिलो खेल साँझ ५:३० बजे र दोस्रो खेल साँझ ७:३० बजे सुरु हुनेछ । यसअघि सोमबार सम्पन्न खेलमा १८ नं. वडा र ११ नं. वडा विजयी भएका छन् । १८ नं. वडाले १९ नं. वडालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै प्रि-क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको थियो । निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएको थियो । खेलको २३औं मिनेटमा १८ नं. वडाका प्रबल राईले गोल गर्दै अग्रता दिलाए पनि पहिलो ह

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ७७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेताप्रति जनताको वितृष्णा बढ्दो, आन्तरिक शुद्धिकरण आवश्यक : नेता शर्मा

    धरान/  नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय नेताहरूको कार्यशैलीप्रति जनताको वितृष्णा बढ्दै गएको बताएका छन्। पूर्व ऊर्जा तथा अर्थमन्त्रीसमेत रहेका शर्माले पूर्व राजाको गतिविधि बढेको प्रसंगलाई इंगित गर्दै, राजावादीभन्दा नेताहरूप्रति आक्रोशित जमात धेरै रहेको उल्लेख गरे। उनले विकल्प खोज्दैमा अधिकांश जनता राजाको पक्षमा रहेको नभएको दाबी गरे। माओवादी केन्द्र धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शर्माले नेताहरूले अब आन्तरिक शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताए। संघीय गणतन्त्र स्थापनापछि भौतिक प्रगति भए पनि शिक्षा, स्व

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ७७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सङ्कटमा एमाले काँग्रेस एउटै रथका पाङ्ग्राः पोखरेल

    विराटनगर/  श्रमजीवि पत्रकारहरुको संगठन चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आइतबार देखि विराटनगरमा सुरु भएको छ।महाधिवशनको विराटनगरमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्। आइतबारदेखि शुरु भएको तीन दिवसीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने चयन गर्ने छ । चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। चौतारीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डे प्रतिस्पर्धामा छन्।हालै एमालेको प्रचार सचिवमा नियुक्त भएका पाण्डेले उक्त पदबाट राजीनामा दिएर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।राई

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ५९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै

    काठमाडौं/  प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ। बैठकमा संक्रमणकालीन न्याय र अन्य समसामयिक विषयहरूमा छलफल हुने छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहहरू सक्रिय बन्दै गएपछि प्रमुख दलका नेताहरूको संयुक्त बैठक बस्न लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार बैठकको मुख्य एजेन्डा संक्र

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ६०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप : १४ नं. र ४ नं. वडा विजयी

    धरान/२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा आइतबार सम्पन्न खेलमा १४ नं. वडा र ४ नं. वडा विजयी भएका छन्। धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत पहिलो खेलमा १४ नं. वडाले ९ नं. वडालाई २–१ को झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। १४ नं. वडाका निमेष तामाङले खेलको १६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल थप्दै टिमको अग्रता दोब्बर बनाए। खेलको अन्तिम मिनेटमा ९ नं. वडाका लेशन राईले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। म्यान अफ द म्याच १४ नं. वडाका निमेष तामाङ घोषित भए। त्यस्तै, दोस्रो खे

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ६९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा किरात सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

    धरान/ ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण आज (शनिबार) देखी धरानमा सुरु भएको छ । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित यलम्बर सग्राहलय भवनको सभाहलमा प्रशिक्षण सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ सस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिइन् । प्रशिक्षण कार्यक्रमको सहजिकरण किरात प्रज्ञा परिषद्का सदस्य एबम किरात सिरिजङ्गा लिपि कार्यदल सदस्य गणेश वाम्बुले राईले गरिरहेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन धरा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ६२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved