विराटनगर/ श्रमजीवि पत्रकारहरुको संगठन चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आइतबार देखि विराटनगरमा सुरु भएको छ।
महाधिवशनको विराटनगरमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्।
आइतबारदेखि शुरु भएको तीन दिवसीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने चयन गर्ने छ । चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्।
चौतारीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डे प्रतिस्पर्धामा छन्।हालै एमालेको प्रचार सचिवमा नियुक्त भएका पाण्डेले उक्त पदबाट राजीनामा दिएर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।राई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् भने पाण्डे सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा छन्।
स्रोतका अनुसार ओलीले पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिए पनि बहुसंख्यक प्रतिनिधिहरू निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन्।
सचिव लुइँटेलले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरिने बताए। ‘भरसक सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ, तर त्यो सम्भव नभए निर्वाचन प्रक्रियाबाट अघि बढ्नेछ,’ उनले भने। यर्सैवीच महाधिवेशनको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् ।
आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।
‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जति बेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई सङ्कट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भने ।पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताए ।
माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनको भनाइ छ ।
नेपालको राजनीतिमा नेपाली काँग्रेसले जति बेला संसद् विगठन गर्छ, त्यति वेला सदर हुने तर एमालेले विगठन गर्दा अमान्य हुने गरेको पोखरेलले बताए । नेपालको न्याय निरूपणको प्रक्रियामा अदालतको समेत दोहोरा चरित्र देखिएको पोखरेलको गुनासो छ ।
आज राजावादीहरूले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गरे ।
पोखरेलले कू–तर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिए । मङ्गलवार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।