समाज

    Showing २,०९१-२,१०० of ७,१२५ items.
  • धरानमा मिसेस स्टेट २०२५ सिजन थ्रीको तेस्रो अडिसन सम्पन्न

    धरान/  वुमन्स वर्थ ग्रुप (डब्लु डब्लु जि) को आयोजनामा यही जेठ १७ गते हुने मिसेस स्टेट २०२५ सिजन थ्रीको तयारीस्वरूप कोशी प्रदेशस्तरीय तेस्रो अडिसन शनिबार धरानमा सम्पन्न भएको छ। पुतलीलाइनस्थित चौथो रेस्टुरेन्टको हलमा सम्पन्न अडिसनमा गृहिणी महिलालाई लक्षित प्रतियोगितामा ९ जनाले सहभागिता जनाएका थिए। यसअघि सम्पन्न दोस्रो अडिसनमा ७ जना सहभागी थिए। कार्यक्रम वुमन्स वर्थ ग्रुपकी सचिव ज्योति राईको अध्यक्षतामा सम्पन्न भएको थियो। अडिसनमा निर्णायकको भूमिकामा महिला उद्यमी तथा झुनाज फिटनेसकी प्रो. झुना राई, युएन कलेज होटल म्यानेजमेन्ट विभाग संयोजक तथा नेपाली रैथाने खानाका अनुसन्धानकर्ता गगनमान श्रेष्

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ५१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट सम्पन्न : ग्रीनल्याण्ड र होलील्याण्डले जिते उपाधि

    सुनसरी /धरान–१२ स्थित सुनाखरी एकेडेमीको आयोजनामा भएको ‘सुनाखरी डिटाउन ३x३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट–२०८२’ शनिबार धरान–१९ स्थित हरियाली पार्कमा सम्पन्न भयो। प्रतियोगितामा छात्रतर्फ काठमाडौंको ग्रीनल्याण्ड स्कुल र छात्रातर्फ धरानकै होलील्याण्ड इन्टरनेसनल स्कुल (रातो टिम) च्याम्पियन बनेका छन्। छात्रातर्फ डिपोट सेकेन्डरी स्कुल धरान उपविजेता रहँदा छात्रातर्फको उपविजेता होलील्याण्ड इन्टरनेसनल स्कुलकै कालो टिम बन्यो। उत्कृष्ट खेलाडी: मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) छात्रतर्फ ग्रीनल्याण्डका प्रबिन गुरुङ र छात्रातर्फ होलील्याण्डकी दीक्षा लिम्बु घोषित भए। पुरस्क

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • १,१२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भद्रपुरमा स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

    बिर्तामोड/झापाको भद्रपुरमा स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२, गौरीशंकरका ३५ वर्षीय अनिल लिम्बू रहेका छन्। प्रहरीका अनुसार आइतबार राति करिब पौने ९ बजे मेची राजमार्गअन्तर्गत चारआली–केचना सडक खण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र.१–०१–०१२ प ९९३७ नम्बरको स्कुटी अनियन्त्रित भई भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुन गाउँमा दुर्घटना भएको हो। स्कुटी चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयाँल सकुशल छन् भने पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेपछि तत्काल प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएको थियो।

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ५३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दिन बित्दा पनि अत्तोपत्तो छैन,जमिनमा भासिएको गाडीकाे

    हेटौँडा/ मकवानपुरको हेटौँडामा गत शुक्रबार सडक भासिएर बोलेरो गाडी जमिनमुनि बेपत्ता भएको घटना तीन दिनसम्म पनि समाधान हुन सकेको छैन। ना.४च ४८३३ नम्बरको माछा बोकेको सिंगल क्याप बोलेरो गाडी गैरीगाउँस्थित हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमामा सडक भासिएर हराएको हो। डिएसपी श्यामु अर्यालका अनुसार, गाडी रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन थालेपछि चालक हरेराम राई र सहचालकले गाडी छाडेर भाग्न सफल भएका थिए। केही सेकेन्डमै सडक भासिँदा गाडी पूरै जमिनमुनि गायब भएको थियो। गाडीमा माछासँगै घाँस काट्ने मेसिन पनि लोड गरिएको थियो। भासिएको क्षेत्रमा आसपास पाँचवटा माछा पोखरी र बोरिङ रहेको हुँदा जमिन

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कक्षा १२ को परीक्षा चलिरहेको बेला मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने विद्यार्थी पक्राउ

    याङवरक/ कक्षा १२ को परीक्षा सुरु भएको केही मिनेटमै मोबाइलमार्फत प्रश्नपत्रको फोटो बाहिर पठाएको आरोपमा एक विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा याङवरक गाउँपालिका–४ स्थित थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका गणेश माविका छात्र निशेक काम्वाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार आइतबार अङ्ग्रेजी विषयको परीक्षा सुरु भएलगत्तै काम्वाङले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएका थिए। परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीहरूले घटना तुरुन्तै प्रहरीलाई जानकारी

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ८८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ कारागारमा एक सातामै दुई थुनुवाको मृत्यु

    विराटनगर/ मोरङको जिल्ला कारागारमा एक साताभित्र दुई थुनुवाको मृत्यु भएको छ । आइतबार बिहान ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको कोशी अस्पतालमा मृत्यु भएको हो । मृतक रामेछाप दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङ रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार तामाङलाई शनिबार साँझ अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको हो । “भर्ना गर्दा अवस्था सामान्य थियो,” ढुंगेलले भने, “अचानक मृत्युको खबर आयो ।” तामाङविरुद्ध

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ७५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा गोरुको मासुसहित पाँच जना पक्राउ

     गौरादह/ झापाको गौरादह नगरपालिका–१ मा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। गएराति १ बजेतिर वडा नम्बर १ स्थित क्रसर उद्योग छेउमा मासु बोरा भित्र हालेर लैजाँदै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गौरादह–१ निवासी २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्। प्रहरीका अनुसार सोधपुछका क्रममा उनीहरूले शंकर लिम्बूको घरमा बहर (गोरु) काटेर मासु ल्याएको स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले लिम्बूको घरमा खोजतलास गर्दा निलो प्लाष्टिकमा ओछ्याइएको

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ९७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्बुलेन्सबाट १८० केजी गाँजा बरामद, चालक नियन्त्रणमा

    इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट १८० केजी लागू औषध गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार राति करिब १० बजे लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित रामधुनी प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले सम्पूर्ण सडक घेराबन्दी गर्दै सघन चेकजाँच गरेको थियो। जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्स रोकेर तलासी लिँदा, कालो प्लास्टिकले बेरिएका सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ वटा बोरा, अर्थात कुल १८० केजी गाँजा बरामद भएक

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • १,००८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रोजेक्ट शोकेसका उत्कृष्ट १० टीम फाइनलमा

    काठमाडौं/देशमै पहिलोपटक आयोजना गरिएको कोशी प्रोजेक्ट शोकेस प्रतियोगितामा १० उत्कृष्ट टीम फाइनल चरणमा पुग्न सफल भएका छन्। शनिबार राजधानीस्थित नेपाल माउण्टेन एकेडेमीको हलमा आयोजित छनौट चरणमा प्रस्तुत अवधारणाको मूल्यांकनपछि निर्णायक मण्डलले फाइनलका लागि टप १० टिम छनोट गरेका हुन्। फाइनलमा स्थान बनाउने टीमहरूमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज र रुरल रिड्ज विल्डर्स, पुल्चोक इन्जिनियरिङ कलेजका स्केच स्क्वायर, केटुपिए, पुल्चोक इयर फाइभ, पाथफाइन्डर, विनर, टिम कोशी एक्सप्लोरल, ख्वप इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, र एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर परेका छन्। प्रतियोगितामा सहभागी १९ टिमम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ६६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

    सुनसरी/देशभरका परीक्षा केन्द्रबाट एकै समयमा कक्षा १२ को परीक्षा आइतबार बिहानदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा आगामी जेठ २ गतेसम्म चल्नेछ। बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। तीमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक मात्र केन्द्र छन्। परीक्षा सुचारु गर्नका लागि यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षसहित करिब दुई हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र करिब २० हजार सुरक्

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ५३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved