भद्रपुरमा स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/झापाको भद्रपुरमा स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२, गौरीशंकरका ३५ वर्षीय अनिल लिम्बू रहेका छन्।

प्रहरीका अनुसार आइतबार राति करिब पौने ९ बजे मेची राजमार्गअन्तर्गत चारआली–केचना सडक खण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र.१–०१–०१२ प ९९३७ नम्बरको स्कुटी अनियन्त्रित भई भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुन गाउँमा दुर्घटना भएको हो।

स्कुटी चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयाँल सकुशल छन् भने पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेपछि तत्काल प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा राति नै लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा स्कुटी सडक छेउको नालामा खस्दा अगाडिको भाग क्षतिग्रस्त भएको छ। घटनाको बेला वर्षा भइरहेको र बिजुलीसमेत गएको स्थानीयले जनाएका छन्।

लिम्बू विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर कम्पनीमा पुगेका थिए र स्कुटी चालक फुयाँल उनलाई घर पुर्‍याउन आएका थिए। अहिले स्कुटी र चालक फुयाँल प्रहरीको नियन्त्रणमा रहेका छन्।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved