सुनाखरी इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट सम्पन्न : ग्रीनल्याण्ड र होलील्याण्डले जिते उपाधि

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /धरान–१२ स्थित सुनाखरी एकेडेमीको आयोजनामा भएको ‘सुनाखरी डिटाउन ३x३ इन्टरस्कुल बास्केटबल टुर्नामेन्ट–२०८२’ शनिबार धरान–१९ स्थित हरियाली पार्कमा सम्पन्न भयो।

प्रतियोगितामा छात्रतर्फ काठमाडौंको ग्रीनल्याण्ड स्कुल र छात्रातर्फ धरानकै होलील्याण्ड इन्टरनेसनल स्कुल (रातो टिम) च्याम्पियन बनेका छन्।

छात्रातर्फ डिपोट सेकेन्डरी स्कुल धरान उपविजेता रहँदा छात्रातर्फको उपविजेता होलील्याण्ड इन्टरनेसनल स्कुलकै कालो टिम बन्यो।

उत्कृष्ट खेलाडी:

मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) छात्रतर्फ ग्रीनल्याण्डका प्रबिन गुरुङ र छात्रातर्फ होलील्याण्डकी दीक्षा लिम्बु घोषित भए।

पुरस्कार विवरण:

• छात्र विजेता टिम: १५ हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र

• छात्र उपविजेता टिम: १० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र

• छात्रा विजेता टिम: १० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र

• छात्रा उपविजेता टिम: ५ हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र

• एमभीपी (छात्र/छात्रा): २ हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र

प्रतियोगितामा २६ विद्यालयका छात्रको ३० टिम र १२ विद्यालयका छात्राको १३ टिमसहित कुल ४३ टिमको सहभागिता रहेको आयोजक संस्था सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईले जानकारी दिए।

समारोहको उपस्थिति:

समापन कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का अधिकृत छैटौं किशोर साम्बाहाम्फे, सुनाखरी एकेडेमीका निर्देशक प्रदीप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, भाइस प्रिन्सिपल अशोक लिम्बु लगायतले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरे।

प्रतियोगिता शुभारम्भ प्रमुख अतिथि गुरुङले खेलाडीहरूलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे।

उद्घाटन सत्रमा एन प्याब्सन सुनसरीका सचिव सागर खड्का, केन्द्रिय सल्लाहकार गणेश राई, देउराली चिल्ड्रेन एकेडेमीका निर्देशक पृथ्वी राईका मगर, बुद्ध आदर्श इङलिस बोर्डिङका प्रिन्सिपल दिलिप योगी लगायतको उपस्थिति थियो।

प्रिन्सिपल राईका अनुसार प्रतियोगिताको उद्देश्य बास्केटबल खेलको प्रवर्द्धन गर्नुका साथै विद्यार्थी खेलाडीहरूबीच सहकार्य र आत्मीयता बढाउनु हो।

उनले आगामी वर्षहरूमा पनि यस प्रतियोगितालाई निरन्तरता दिने बताए।

1746419022747 1746419313307

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved