कोशी प्रोजेक्ट शोकेसका उत्कृष्ट १० टीम फाइनलमा

  • वैशाख २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/देशमै पहिलोपटक आयोजना गरिएको कोशी प्रोजेक्ट शोकेस प्रतियोगितामा १० उत्कृष्ट टीम फाइनल चरणमा पुग्न सफल भएका छन्।

शनिबार राजधानीस्थित नेपाल माउण्टेन एकेडेमीको हलमा आयोजित छनौट चरणमा प्रस्तुत अवधारणाको मूल्यांकनपछि निर्णायक मण्डलले फाइनलका लागि टप १० टिम छनोट गरेका हुन्।

फाइनलमा स्थान बनाउने टीमहरूमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज र रुरल रिड्ज विल्डर्स, पुल्चोक इन्जिनियरिङ कलेजका स्केच स्क्वायर, केटुपिए, पुल्चोक इयर फाइभ, पाथफाइन्डर, विनर, टिम कोशी एक्सप्लोरल, ख्वप इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, र एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर परेका छन्।

प्रतियोगितामा सहभागी १९ टिममध्ये छनोट चरणबाट उत्कृष्ट १० टिमको चयन गरिएको हो। निर्णायक मण्डलमा पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), माउण्टेन एकेडेमीका प्राचार्य शिवप्रसाद जैसी खतिवडा, प्राइम कमर्सियल बैंक बागमती प्रदेश प्रमुख दिमन श्रेष्ठ, आर्किटेक्ट इन्जिनियर्स एशोशिएसनका पूर्व उपाध्यक्ष सुनिता सुवेदी र नेपाल इन्जिनियरिङ कलेजका सह–प्राध्यापक रमेश ज्ञवाली सहभागी थिए।

छनोटमा नवप्रवर्द्धन र सृजनशीलता, प्राविधिक सम्भाव्यता, आर्थिक र वातावरणीय प्रभाव, प्रस्तुति शैली तथा पर्यटनमैत्री योजनाको आधारमा मूल्यांकन गरिएको थियो।

विद्यार्थी टोलीले होमस्टे, कृषि पर्यटन, ट्रेकिङ, माउन्टेन एड्भेन्चर, चिया, बञ्जी जम्प, र्याफ्टिङ जस्ता विविध विषयवस्तुमा परियोजना पेस गरेका थिए।

फाइनल जेठ ९ मा, ठमेलमा विशेष प्रदर्शनीसहित हुने

आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार छनोट भएका सबै टिमलाई फिल्ड अध्ययनका लागि पठाइनेछ र प्रत्येक टिमलाई एक–एक जना अनुभवी मेन्टर (सल्लाहकार) प्रदान गरिनेछ।

"जेठ ९ गते ठमेलको जी रामायण होटलमा हुने प्रोजेक्ट प्रदर्शनीसहितको फाइनल प्रतिस्पर्धामा पर्यटन व्यवसायी, होटल व्यवसायी, लगानीकर्ता तथा सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ," अध्यक्ष मगरले बताइन्।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन तथा नयाँ सम्भावनाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारको सहकार्यमा सम्पन्न भएको हो।

 पुरस्कार राशि पनि आकर्षक

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ, द्वितीयले ५० हजार र तृतीय टिमले २५ हजार नगदसहित मेडल, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

 

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved