कक्षा १२ को परीक्षा चलिरहेको बेला मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने विद्यार्थी पक्राउ

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

याङवरक/ कक्षा १२ को परीक्षा सुरु भएको केही मिनेटमै मोबाइलमार्फत प्रश्नपत्रको फोटो बाहिर पठाएको आरोपमा एक विद्यार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा याङवरक गाउँपालिका–४ स्थित थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका गणेश माविका छात्र निशेक काम्वाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार आइतबार अङ्ग्रेजी विषयको परीक्षा सुरु भएलगत्तै काम्वाङले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएका थिए।

परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीहरूले घटना तुरुन्तै प्रहरीलाई जानकारी दिएपछि काम्वाङलाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनाले परीक्षाको गोपनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।

यता जिल्ला शिक्षा अधिकारीहरूले घटनाबारे थप छानबिन सुरु गरिएको र दोषीलाई आवश्यक कानुनी कारबाही हुने जनाएका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved