एम्बुलेन्सबाट १८० केजी गाँजा बरामद, चालक नियन्त्रणमा

  • वैशाख २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट १८० केजी लागू औषध गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार राति करिब १० बजे लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित रामधुनी प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले सम्पूर्ण सडक घेराबन्दी गर्दै सघन चेकजाँच गरेको थियो।

जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्स रोकेर तलासी लिँदा, कालो प्लास्टिकले बेरिएका सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ वटा बोरा, अर्थात कुल १८० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स चालक श्रीराज कुमार साह (२५ वर्षीय) सुनसरीको बराहक्षेत्र नगरपालिका–४ निवासी तथा राजेन्द्र साहका छोरा, हाल प्रहरी नियन्त्रणमा छन्।

बरामद लागू औषधसहित एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved