सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जङ्गलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका राजवंशी यही जेठ २ गते बिहानदेखि बेपत्ता थिए। राजवंशीको खोजीमा परिवार र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जङ्गलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्। शव फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय कानेपोखरीलाई खबर गरियो। सूचना प्राप्त हुनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। स
सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, भविष्यवाणीको अनौठो परम्परा बोकेको स्थल पनि हो। नेपालमै एक मात्र यस्तो मन्दिर मानिन्छ, जहाँ भाले वा पोथीको बलि दिएपछि त्यसको कलेजो हेरेर भविष्य बताइन्छ। २१औँ शताब्दीमा पनि सर्वसाधारण भविष्यवाणीमा विश्वास गर्दै मठमन्दिर धाउने क्रम घट्नुको साटो बढ्दो देखिन्छ। बुढासुब्बा मन्दिर यसको सजीव उदाहरण हो, जहाँ दैनिक सयौँ भक्तजन दर्शनसँगै जोखना हेर्न पुग्ने गरेका छन्। मन्दिरमा विशेषगरी बुढासुब्बा र गौरेनी माताको पूजा गरिन्छ। यहाँ भाले, पोथी तथा अण्डा चढाएर भाकल गर्ने परम्परा छ। बुढासुब्बालाई भाले र गौरेनी माताला
ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ १५ देखि १७ गतेसम्म तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ। समुद्री सतहबाट ३,५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिएको धार्मिक स्थल हो। महोत्सव सिदिङ्वा धामसँगै ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत गाउँपालिकाभित्रका अन्य पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा केन्द्रित हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार सिदिङ्वा धाम अन्तर्राष्ट्रिय जैविक मार्गका
सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कारण सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डितको हत्या गरिएको खुलेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा वैशाख ३० गते बिहान उनको शव फेला परेको थियो। सुरुवातमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा पण्डितको योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको हो। प्रहरीले हत्या वैशाख २८ गते भएको जनाएको छ। प्रहरी अनुसन्धान अनुसार, पण्डित र ईश्वरपुर–६ की २५ वर्षीया नजिमा खातुनबीच प्रेम सम्बन्ध थियो। चैत १९ गते ती दुई गाउँबाट भागेर भारत गएका थिए र केही दिनपछि फर्किएका थिए। गाउँमा बसेको पञ्चायतले
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाभन्दा बढी समयदेखि उपकुलपति नियुक्त नहुँदा संस्थाको सञ्चालन अस्थायीत्वको अवस्थामा पुगेको छ। राजनीतिक भागबन्डा मिलाउन नसक्दा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेको हो। गत चैत २७ गतेदेखि उपकुलपति पद रिक्त भएपछि प्रतिष्ठानको नेतृत्व कार्यवाहक रूपमा डा. सञ्जीव शर्माले सम्हालिरहेका छन्। तर निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो कर्मचारी र सरोकारवालाबाट उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका च
विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने योजना समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’चालु आर्थिक वर्षमा पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको सरकारले २०८२ मा कोशी प्रदेश जलवायु सम्मेल
मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो प्रदेशसभा सांसदहरू चढेको कार र प्रहरीको डीएसपीले चलाएको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। झापाबाट विराटनगर आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापातर्फ गइरहेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर ठोक्किएका हुन्। बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशसभा सदस्यहरू मैयाँ श्रेष्ठ लावती (नेपाली कांग्रेस) राधाकृष्ण खनाल (एमाले), नम्बरलाल धिमाल (एमाले) र विद्या चाम्लिङ (नेकपा एकीकृत समाजवादी) सवार थिए। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। दुर्घटनाको समयमा सांसद सवार कार झ
बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित बालसन्त आश्रमको पछाडिपट्टि कोसी नदीको भंगालोमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मिति २०८२ साल जेठ ४ गते साँझ करिब ६ बजे फेला परेको शव करिब ३५ देखि ४० वर्ष उमेरको पुरुषको भएको अनुमान गरिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली र अपराध स्थल अनुसन्धान (SOCO) टोली खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। शवको हुलिया: • उचाइ: करिब ५ फिट ४ इन्च • वर्ण: गहुँगोरो • कपाल: कालो • शरीर: मझौला • अनुहार हेर्दा पहाडी मूल
झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझै पुनर्निर्माण हुन सकेको छैन। स्थानीय सरकारदेखि संघीय तहसम्मको बेवास्ता र ढिलासुस्तीकै कारण सो पुल अलपत्र अवस्थामा रहेको छ। जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्न बाध्य स्थानीयवासी अब सरकारको उदासीनताप्रति खुलेर आक्रोशित छन्। विर्तामोड–अर्जुनधारा हुँदै इलामको माइ नगरपालिकालाई जोड्ने सो पुल अत्यन्तै महत्त्वपूर्ण भए पनि संरचना भत्किएपछि सरकारले हालसम्म नयाँ पुल निर्माणका लागि ठोस पहल गर्न सकेको छैन। अहिले पनि साना सवारी साधनले मात्र पुल प्रयोग गरिरहेकाले यात्रु र चालकहरू दिनहुँ जोखिम बेहो
काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर सरकारी अनुदान रकम हिनामिना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सर्लाहीको बागमती नगरपालिकामा सागरनाथ वन विकास परियोजनाअन्तर्गत माछा नभएको स्थानमा पोखरी निर्माण भएको देखाएर पटक–पटक अनुदान रकम निकासा गरिएको र करोडौं रुपैयाँको दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको हो। प्रतिवादीमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन मेयर भरत कुमार थापा, प्रमुख प्रशासकीय अधिकृत वि