धरानका सहित ३ जना लागूपदार्थ ब्राउन सुगरसहित पक्राउ

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सुगरसहित धरानका दुई जना युवालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय बलराम चौधरी, धरान–१९ का ३२ वर्षीय अरविन्द भण्डारी र भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभु नारायण यादव रहेका छन्।

प्रहरीका अनुसार धरान दर्ता नम्बर को.३३प. रहेको मोटरसाइकलमा सवार बलराम चौधरीले आफ्नै मलद्वारमा लुकाइ ल्याएको १२.३ ग्राम (बाह्र ग्राम तीन सय मिलिग्राम) ब्राउन सुगर बरामद गरिएको छ। सोही मोटरसाइकलमा सवार अरविन्द भण्डारी पनि पक्राउ परेका हुन्।

त्यस्तै, प्रभु नारायण यादवले शरीरको पछाडिपट्टि, प्यान्टको गोजीमा लुकाएर राखेको २.९४ ग्राम (दुई ग्राम नौ सय चालिस मिलिग्राम) ब्राउन सुगर प्रहरीले फेला पारेको हो।

पक्राउ परेका सबै जनालाई लागूपदार्थसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ। उनीहरूमाथि लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved