धरानका सहित ३ जना लागूपदार्थ ब्राउन सुगरसहित पक्राउ

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सुगरसहित धरानका दुई जना युवालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय बलराम चौधरी, धरान–१९ का ३२ वर्षीय अरविन्द भण्डारी र भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभु नारायण यादव रहेका छन्।

प्रहरीका अनुसार धरान दर्ता नम्बर को.३३प. रहेको मोटरसाइकलमा सवार बलराम चौधरीले आफ्नै मलद्वारमा लुकाइ ल्याएको १२.३ ग्राम (बाह्र ग्राम तीन सय मिलिग्राम) ब्राउन सुगर बरामद गरिएको छ। सोही मोटरसाइकलमा सवार अरविन्द भण्डारी पनि पक्राउ परेका हुन्।

त्यस्तै, प्रभु नारायण यादवले शरीरको पछाडिपट्टि, प्यान्टको गोजीमा लुकाएर राखेको २.९४ ग्राम (दुई ग्राम नौ सय चालिस मिलिग्राम) ब्राउन सुगर प्रहरीले फेला पारेको हो।

पक्राउ परेका सबै जनालाई लागूपदार्थसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ। उनीहरूमाथि लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved