धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीको नियमित चेकजाँचको क्रममा ठूलो मात्रामा अवैध भारतीय मदिरा बरामद गरिएको छ। बिहीबार राति करिब ८:३० बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा तर्फ गइरहेको GAA 0188 नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको साइड डिक्कीमा लुकाई छिपाई ल्याइएको ३५९ बोतल Old Monk Deluxe Rum (७५० एमएल) र १२ बोतल Royal Stag (७५० एमएल) फेला पारेको हो। मदिरासहित प्रहरीले जिल्ला कास्कीको पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा ती मदि
धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सुगरसहित धरानका दुई जना युवालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय बलराम चौधरी, धरान–१९ का ३२ वर्षीय अरविन्द भण्डारी र भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभु नारायण यादव रहेका छन्। प्रहरीका अनुसार धरान दर्ता नम्बर को.३३प. रहेको मोटरसाइकलमा सवार बलराम च
सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा लागू औषध गाँजा फेला परेको छ। प्रहरीले चेकजाँचका क्रममा १६२ किलो गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ भने कारमा सवार दुई जना भने प्रहरी देख्नासाथ फरार भएका छन्। मिति २०८२ साल असार २१ गते राति २:१० बजे, सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहा चोकस्थित क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा बाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा धरानबाट नडाहातर्फ गइरहेको MH 02 BP 9742 नम्बरको सुजुकी कम्पनीको भारतीय
धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको एसईई परीक्षामा यसपटक पनि विद्यालयले शतप्रतिशत सफलता हात पार्दै गौरवपूर्ण नतिजा सार्वजनिक गरेको हो। तीमध्ये छात्र रूपराज बरालले जीपीए ४.० ल्याएर विद्यालयको नाम अझ चम्काएका छन्। विद्यालयले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीहरूलाई अभिभावकहरूको उपस्थितिमा प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले यसपटक विद्यालयका ५ जना विद
धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षविरुद्ध कडा कदम चालेको छ। वडानं. ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउने सिफारिस गर्दै पार्टीले औपचारिक रूपमा जिल्ला कमिटीमा कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टी अनुशासन उल्लङ्घन गरेको, नेताविरुद्ध सार्वजनिक रूपमा धारणा राखेको र संगठनसँग सम्पर्कविहीन भएको आरोपमा राईमाथि कारबाहीको सिफारिस गरिएको हो। एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार वडा कमिटीबाट आएको सिफारिसलाई उपमहानगर कमिटीले सदर गर्दै जेठ २५ गतेकै निर्णयका आधारमा जिल्लामा पठाइएको हो। “पार्टीसँग समन्वय छैन, कार्यक्रममा आउँदैनन्, उल्टै नेत
धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम्भीर अपराध घटनामा संलग्न मुख्य आरोपीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ। आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले घटनाका विवरण सार्वजनिक गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहेको बताए। १. १३ वर्षीया बालिकामाथिको यौन दुव्र्यवहार धरान–१६ स्थित नौलो बस्तीमा श्रमदानका क्रममा सर्दु खोलामा गएकी १३ वर्षीया बालिकामाथि गएको बैशाख १७ गते यौन दुव्र्यवहार भएको थियो। ५०–५५ वर्ष उमेरका एक व्यक्तिले बालिकामाथि दुव्र्यवहार गरेको विवरण आ
धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लागू औषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ साल असार १९ गते साँझ ५:५५ बजे, अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ घर भई हाल धरान–१५, विशाल चोकमा बसोबास गर्दै आएका २६ वर्षीय कोवश राई र सोही स्थानका मनोहर श्रेष्ठका छोरा २१ वर्षीय बिशन श्रेष्ठ रहेका छन्। चेकजाँचको क्रममा उनीहरूबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने ०.४६० ग्राम (चार सय साठी मिलिग्राम) पदार्थ
धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशानेको कोशी राजमार्गमा सवारी चेकजाँचको क्रममा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ। मंगलबार साँझ ५:४५ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाईछिपाई राखिएको ४९.७२५ किलोग्राम गाँजा फेला पारेको हो। गाँजा दुईवटा सुटकेसभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको र सोधपुछका क्रममा ती सुटकेस भोजपुर जिल्ला, पौवादुम्मा गाउँपालिका–६ निवासी ३६ वर्षीय जीवनराज राई र ३१ वर्षीय आरएन राईको भएको खुलेको प्रहरीको भना
जनकपुरधाम/धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र तस्करबीच भीडन्त भएको छ । उक्त घटनामा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेहरुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । धनुषाको विदेह नगरपालिका–२ अन्तर्गत वैदेही दुहबी क्षेत्रको नेपाल–भारत सीमास्थलमा बिहीबार साँझ ७ बजेतिर घटनाको सुरुवात भएको हो । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार तस्करीको सामान नेपाल भित्र्याएर आँपको बगैंचामा राखिएको भन्ने गोप्य सूचनाका आधारमा ३० जना सशस्त्र प्रहरीको टोली त्यस क्षेत्रमा पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करको समूहले भाटा, घरेलु हति
वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । संभावित डेङगु रोग संक्रामलाई न्युनिकरणकालागि बिहिवार नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । गएको वर्षहरुको तथ्याङ्का आधारमा डेङगु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले सरोकारवालाहरुलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण का