समाज

    Showing १,२७१-१,२८० of ७,११९ items.
  • तोकिएको भन्दा बढी भाडा नलिन यातायात स्वतन्त्र मजदुर संगठनको निर्देशन

    काठमाडौँ/ दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सके जति यात्रुहरूको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले देशभरिका सम्पूर्ण यातायात श्रमिकहरूलाई अनुरोध गरेको छ । आज दसैँको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरिका रुट पर्मिट ९बाटो इजाजत पत्र० असोज २२ गतेसम्म खुल्ला गरेको छ । चाडको बेला यात्रुहरूसँग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरू विगतमा आउने गरेकाले यस्ता गुनासोहरू आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनै पनि यात्रुसङ नलिन सङ्गठनका अध्यक्ष भीम ज

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा धारिलो हतियार आक्रमण, दुईजना गम्भीर घाइते – एक खुकुरीसहित पक्राउ

    धरान/धरान उपमहानगरपालिका–१७ मा धारिलो हतियार प्रहारका घटनामा दुईजना गम्भीर घाइते भएका छन् भने एक आक्रमणकारी खुकुरीसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार, असोज ५ गते राति करिब ८ बजेर १० मिनेटमा धरान–१७ बस्ने २० वर्षीय निशान राईमाथि आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो। आक्रमणमा धरान–१७ का २१ वर्षीय ओबिन राई, सुजन तामाङ, धरान–११ का बोबो लिम्बु र ‘हडबडे’ संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरु मोटरसाइकलमा आएका थिए र आक्रमणपछि फरार भएका थिए। गम्भीर घाइते निशानलाई प्रहरी टोलीले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • १,२८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजीको नाममा आगजानी र तोडफोड : प्रहरीले पक्राउ नगरे दलले पक्राउ गर्ने

    धरान/ धरानका विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा क्षति पु¥याएको घटनालाई लिएर दलहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। जेनजीको आवरणमा आएका अराजक समूहहरूले पार्टी कार्यालयहरूमा आक्रमण गरी क्षति पु¥याएको भन्दै विस्तृत विवरण सहित इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जबेगुलाई जाहेरी बुझाइएको हो। जाहेरीमा पार्टीका झण्डा च्यातिएको, भित्ते लेखन बिगारिएको, ढोका–झ्याल र कार्यालयको संरचनामा क्षति पु¥याइएको विवरण उल्लेख छ। राजनीतिक दलका प्रतिनिधिहरूले यस्ता गतिविधिले शान्तिपूर्ण राजनीतिक वातावरणमा अशान्ति ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्।डिएसपी

    • प्रकाशित मितिः असोज ६, २०८२
    • १,३१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज नवरात्रको पहिलो दिन:घटस्थापनासहित जमरा राखिँदै

    सुनसरी/ नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दशैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो। दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ। मार्कण्य पुरा

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ४८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४५ घन्टापछि सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक

    काठमाडौं/ नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो। यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो। बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको उक्त कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए। जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बन्द भएको करिब ४५ घन्टामा नारायणघाट–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको बताए। सडक अवरूद

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ५०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनताको उद्धारमा यातायात मन्त्रीको चमत्कार देखिएन: मजदुर नेता भीमज्वाला राई

    काठमाण्डौं/ काममा चमत्कारिक छबि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ४४ घण्टा जनता सडकमा भोकैप्यासै रातदिन बिताइरहँदा पनि उद्धारमा कुनै चमत्कार देखाउन नसेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ । अध्यक्ष राईले जतना सडकमा बिचल्ली हुँदा मन्त्री घिसिङ भने भारतीय राजदुतसंग भेटघाटमा रमाईरहेको बताउनुभएको छ । मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक असोज ३ गते साँझ साढे ६ बजे खसेको पहिरो अझैसम्म पन्छाउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरले कहिले दुईवटा कहिले पाँचवटा लोडर तथा एक्जाभेटरले पन्छाउने काम गरेको भएपनि सरकारले अन्

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ६५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्माण कम्पनीको लापरबाहीले बिग्रीयो ‘कुल बुट’ कुहियो किवी: लगानी स्वाहा

    इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ९७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर उद्धारका लागि टिम परिचालन

    काठमाडौं/मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक असोज ३ गते खसेको पहिरोले ४० घण्टादेखि बाटो अवरुद्ध हुँदा करिब ३५ हजार सवारी साधन र ८० हजार यातायात मजदुरसँगै ५ लाख यात्रु अलपत्र परेका छन्। यस्तो अवस्थामाः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उद्धार तथा सहयोगका लागि विशेष टिम परिचालन गरेको छ। महासचिव केशव थापा (निरु) को संयोजकत्वमा बनेको टिमले समस्या परे तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। सहयोगका लागि सम्पर्क: • महासचिव केशव थापा (निरु): ९८५५०६११५२ • अध्यक्ष दीपक सिलवाल: ९८४५०२४४३३ • कोषाध्यक्ष राजु पौडेल: ९८५५०५१३६३ संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले तत्क

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पैदलै हिड्न थाले यात्रु : यात्रु भन्छन् सडकमा सरकार छ भन्ने अनुभूत छैन

    काठमाण्डौं/मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।  असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् उनि रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते विहान साढे ९ बजे मुग्लिङ पुगेकाछन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि ट्राफिक प्रहरीहरुले सवारी रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झ

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ६१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुग्लिङ–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु अलपत्र

    काठमाडौं/चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला पुल नजिक खसेको लगातार पहिरोले करिब ३६ घण्टादेखि यातायात ठप्प बनेको छ । यसले गर्दा हजारौँ यात्रु तथा यातायात मजदुर सडकमै बिचल्लीमा परेका छन् । असोज ३ गते साँझ साढे ६ बजेदेखि खस्न थालेको पहिरो अझै पन्छाउन नसकिएको हो । लगातार पहिरो खसिरहेकाले सडक सफा गर्न कठिनाइ भएपछि यात्रुहरू अलपत्र परेका छन् । लामो अवरोधका कारण खानपिनमा समेत समस्या देखिएको छ । यसबीच, मुग्लिङका स्थानीयवासीले पहल गर्दै यात्रु तथा मजदुरलाई खानपिनको सहयोग गरेका छन् । साथै, राइडर्स युनियन नेपाल चितवन जिल्ला कमिटीले बिस्कुट र पानी वितरण गरेको छ । उपाध्यक्ष आलोककु

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ५२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved