मुग्लिङ–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु अलपत्र

  • असोज ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला पुल नजिक खसेको लगातार पहिरोले करिब ३६ घण्टादेखि यातायात ठप्प बनेको छ ।

यसले गर्दा हजारौँ यात्रु तथा यातायात मजदुर सडकमै बिचल्लीमा परेका छन् ।

असोज ३ गते साँझ साढे ६ बजेदेखि खस्न थालेको पहिरो अझै पन्छाउन नसकिएको हो ।

लगातार पहिरो खसिरहेकाले सडक सफा गर्न कठिनाइ भएपछि यात्रुहरू अलपत्र परेका छन् । लामो अवरोधका कारण खानपिनमा समेत समस्या देखिएको छ ।

यसबीच, मुग्लिङका स्थानीयवासीले पहल गर्दै यात्रु तथा मजदुरलाई खानपिनको सहयोग गरेका छन् । साथै, राइडर्स युनियन नेपाल चितवन जिल्ला कमिटीले बिस्कुट र पानी वितरण गरेको छ ।

उपाध्यक्ष आलोककुमार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय टोलीले २० कार्टुन पानी र २०० पिस बिस्कुट यात्रुहरूलाई बाँडेका युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले जानकारी दिनुभयो ।

सडक डिभिजन भरतपुरका अनुसार रातको समयमा पहिरो पन्छाउने काम स्थगित भएको छ ।

कहिले बाट सडक सञ्चालनमा आउने भन्ने विषयमा अझै अन्योल रहेको डिभिजनले जनाएको छ ।

IMG-20250920-WA0008 IMG-20250920-WA0011 IMG-20250920-WA0010 IMG-20250920-WA0009 IMG-20250920-WA0007

तस्बिर : मुग्लिङ बजार पेज/आलोक श्रेष्ठ

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved