४५ घन्टापछि सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक

  • असोज ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।
सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो। यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो।

बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको उक्त कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बन्द भएको करिब ४५ घन्टामा नारायणघाट–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको बताए। सडक अवरूद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए।

तुइन खोलाको पहिरोले गतवर्ष पनि यात्रुलाई दुःख दिएको थियो। नयाँ पुल बनाउनेक्रममा पहरो फोरेपछि यहाँ पहिरो झर्न थालेको हो।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved