४५ घन्टापछि सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक

  • असोज ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ ।
सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो। यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो।

बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको उक्त कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बन्द भएको करिब ४५ घन्टामा नारायणघाट–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको बताए। सडक अवरूद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए।

तुइन खोलाको पहिरोले गतवर्ष पनि यात्रुलाई दुःख दिएको थियो। नयाँ पुल बनाउनेक्रममा पहरो फोरेपछि यहाँ पहिरो झर्न थालेको हो।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved