धरानमा धारिलो हतियार आक्रमण, दुईजना गम्भीर घाइते – एक खुकुरीसहित पक्राउ

  • असोज ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिका–१७ मा धारिलो हतियार प्रहारका घटनामा दुईजना गम्भीर घाइते भएका छन् भने एक आक्रमणकारी खुकुरीसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरानका अनुसार, असोज ५ गते राति करिब ८ बजेर १० मिनेटमा धरान–१७ बस्ने २० वर्षीय निशान राईमाथि आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो।

आक्रमणमा धरान–१७ का २१ वर्षीय ओबिन राई, सुजन तामाङ, धरान–११ का बोबो लिम्बु र ‘हडबडे’ संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरु मोटरसाइकलमा आएका थिए र आक्रमणपछि फरार भएका थिए।

गम्भीर घाइते निशानलाई प्रहरी टोलीले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ।

उनको पेट, ढाड, कुम, कुहिना, नाडी र हातमा गहिरो चोट लागेको छ र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यही क्रममा राति करिब १० बजेर ४५ मिनेटमा आक्रमणमा संलग्न धरान–१७ का ओबिन राईलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। उनको टाउको र हातमा सामान्य चोट लागेको छ।

यस्तै, धरान–११ का २२ वर्षीय देवान राईलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको छ। अन्य फरार आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

साेहिदिन दिउँसो करिब ३ बजेर ३० मिनेटमा धरान–१७ डाँडाघोपामा अर्को आक्रमण भएको हो। आफ्नै घरमा बसिरहेका २२ वर्षीय सुवास राईमाथि धरान–१७ चारघरेका २३ वर्षीय ‘चाचा’ उपनामले चिनिने युवकसहितको समूहले धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा सुवासको दुवै हात र कम्मरमा चोट लागेको छ। उनलाई उपचारका लागि बीपी प्रतिष्ठान, धरान पुर्‍याइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार दुवै घटनामा संलग्न फरार व्यक्तिहरु खोजी कार्य तीब्र पारिएको छ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved