पैदलै हिड्न थाले यात्रु : यात्रु भन्छन् सडकमा सरकार छ भन्ने अनुभूत छैन

  • असोज ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् ।

सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् । 

असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् उनि रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते विहान साढे ९ बजे मुग्लिङ पुगेकाछन् ।

कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि ट्राफिक प्रहरीहरुले सवारी रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झन प्रताडित हुनु परेको चन्दले बताउनुभयो ।

वहाँले भन्नुभयो पानी खान पाइएको छैन, खाना खान पाइएको छैन अलिकति भएपनि अगाडी जान पाए हुन्थ्यो बजारको आसपास पुग्नु पाए हुन्थ्यो भन्ने यात्रुहरुलाई छ तर, ट्राफिक प्रहरीहरुको व्यवहार रुखो हुँदा वादविवाद भएको वहाँले बताउनुभयो । 

बल्ल मुग्लिङ आइपुगिएयो अव त कमसेकम पानी त खान पाइन्छ नी चन्दले भन्नुभयो । वहाका अनुसार बाटोमा हजारौँ यात्रुहरु अलपत्र छन् कतिपय विरामी, बुढापाका, महिला बालबालिकाहरुछन् सबैको बेहाल छ । सडकमा कतै सरकार छ भन्ने अनुभूति गर्न पाइएन । 

पहिरो पन्छाउन नसक्दा असोज ३ गते साढे ६ बजेदखि हालसम्म यातायात आवागमन बन्द भएको छ । जसका कारण हजारौँ यात्रु तथा यातायात मजदुरहरु समस्यामा परेकाछन् ।

लामो समय सडक जाम हुँदा खाद्यान्नको समस्या परेको छ । यसैक्रममा मुग्लिङका स्थानीयले पहल गरेर असोज ४ गते समस्यामा परेका यात्रु तथा मजदुरहरुलाई खानाको व्यवस्था गरिएको थियो । 

अझैपनि पहिरो खसिरहेकाले पन्छाउने कार्य जटिल भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले सबै शक्ति प्रयोग गरेरै भएपनि पहिरो पन्छाउनु पर्ने माग गरेकाछन् ।

करिव ३५ हजार सवारी साधनमा काम गर्ने करिव ८० हजार यातायात मजदुरहरु भरतपुरदेखि नागढुङ्गा सडक खण्डमा फसेको र करिव ५ लाख यात्रुहरु प्रभावित भएको कुरा स्मरण गराउदै सडक डिभिजन कार्यालय भरतपुरको ५ वटा लोडर र एक्जाभेटरबाट मात्रै पहिरो पन्छाउने कार्य तत्काल सम्भव नहुने राईले बताउनु भएको छ ।

IMG-20250921-WA0019 IMG-20250921-WA0017 IMG-20250921-WA0016 IMG-20250921-WA0014 IMG-20250921-WA0015

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved