धरान/ धरान १४ निवासी प्रेम प्रसाद पराजुली अहिले जीवन र मरणको दोषाधमा रहेका छन् । उनको दुवै मृगौलाले काम गर्दैन। उनी अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डाइलसिस गर्दै आइरहेका छन् । मृगौला प्रत्यारोण गर्नु नै अन्तिम उपाय भएको चिकित्सकहरुले सुझाएका छन् । उनले प्रयास पनि गरे तर घर परिवारको मृगौला फेर्न मिल्ने भएन । उनको श्रीमतीले मृगौला दिने भनेर भनिएपनि श्रीमती नै ५ वर्षदेखि घरको छतबाट एक्कासी लडेर कम्मर मुनिको भाग नचलल्ने अवस्थामा ओछ्यानमा थलिएकी छिन् । त्यस्तो अवस्यामा प्रेमका लागि श्रीमतीको मृगालौ हालेर उपचार गर्न मनले मानेको छैन् । पराजुलीले आफ्नो आफन्त परिवा
खोटाङ/ खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् । २५ वर्षअघि सुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी –२ वडाध्यक्ष पदम मगरले जानकारी दिए । ‘चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोब
विराटनगर/ सरकारी अस्पताल कोशीमा क्यान्सर रोगको थप सेवा विस्तार गरिने भएको छ । सेवा विस्तारका लागि सम्झौता गरेर प्रक्रिया अघि बढाउनको लागि भक्तपुरको क्यान्सर अस्पतालसँग बिहीबार सम्झौता भएको छ । भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल पनि उपस्थित थिए । भक्तपुर क्यान्सर अस्पतालले नियम अनुसार सेवा उपलब्ध गराउने जनशक्तिलाई यातायात, खाजालगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था गर्न
धरान । महिला उद्यमीलाई प्रवद्र्धन गर्नका लागि कोशी प्रदेश सरकार सकारात्मक भएको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले बताएकी छन् । राईले सुनसरी उद्योग वाणिज्य संंघको ६१ औ स्थापना दिवसको अवसरमा आयोजित तीनदिने महिला उद्यमी पदर्शनीको अवसरमा यस्तो बताएकी हुन । उनले महिलालाई लक्षित गरी आयोजना गरिएको महिला उद्यमी प्रदर्शनी मेलाले महिलालाई व्यवसायिकीकरण गर्दै महिला आफ्नै आत्मनिर्भर बन्न सहयोग पुग्ने वातावरण तयार हुने भन्दै मेला आयोजना गरेकोमा संघलाई धन्यवाद दिइन् । उनले कोशी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु भएको बताउदै महिलाहरुलाई पनि पर्यटकको रोजाई अनुसारको सामाग्री तया पारेर त्यही किसिमको उत्पादन
सुनसरी/ नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञान विक्रम शाह जंगली बँदेल सहित सप्तरीमा पक्राउ परेका छन् । इटहरी निवासी शाह र बहालवाला सई सहित १० जनालाई सप्तकोशी नदी किनार क्षेत्रबाट बुधबार मध्यराती मधेस प्रदेश प्रहरीले पक्राउ गरेको हो । वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरीलाई पक्राउ गरिएको जनाइएको छ । बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने लगायत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूले प्वाइ
धरान । धरान स्थित मितेरी डेभलपमेन्ट बैकका कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीको अर्धाङ्गिनी कोपिल वस्तीको आज असामयिक निधन भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो १ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी विगत तीन बर्षदेखि विरामी भई उपचाररत रहेकी थिइन् ।स्व.वस्तीको जन्म वि.स. २०३५ साल साउन १८ गते भएको थियो । उनको पार्थीब शरीरलाई विहीबार विहान ८ वजे निज निवास मोरंगको सलकपुरबाट इटहरी स्थित बुढिगंगा मुक्तिघाटमा गरिने सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए । सिईओ वस्ती संघको वरिष्ठ सल्लाहकार समेत हुन् । वस्
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकलाई केन्द्रित गरेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य र नेपाल सरकारले राष्ट्रिय परिचय पत्र नम्बरलाई अनिवार्य गर्न थालेपछि नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकसंगै नगरवासिहरुलाई राष्ट्रिय परिचय पत्र बिवरण अनलाइन भर्ने र नम्बर बितरण गर्ने सिबिर सञ्चालन गरेको हो । नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीसंग समन्वय गरेर गएको असार १६ गतेदेखि शिबिर सञ्चालन ल्याए
झापा/ उपचारको पर्खाइमा विछ्यौनामा पल्टिरहेका छन्, झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ निवासी डल्लु सार्की । ट्र्याक्टरमा काम गर्ने गरेका उनको करिब डेढ दशकअघि धानमा थ्रेसर लगाउने क्रममा दाहिने खुट्टा गुमेको थियो । त्यसपछि एकै खुट्टाको सहाराले कष्टकर जीवन बिताइरहेको उनलाई अहिले अर्को बज्रपात परेको छ । उनको अहिले दुवै मिर्गौला फेल भएका छन् । जसका लागि नियमित डायलसिस गर्नुपर्ने बाध्यता छ । उनलाई झापाको मेची अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । तर उनको आर्थिक अवस्था नाजुक भएपछि उनलाई घरमै लगिएको छ । उनी र उनका परिवारले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् ।
झापा/ विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो । मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल् नसकेको जनाइएको छ । नेपालले भन्सारको स्तरो
इलाम/ पूर्वी पहाडी जिल्लाकै उच्च धनराशिको इलाम गोल्डकपको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता मङ्सिर २२ गते देखी २९ गतेसम्म हुने भएको हो । आयोजक रेड हर्ष इलामले प्रतियोगिताबारे सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रतियोगिता इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने छ । प्रतियोगितामा जम्मा आठ वटा टिमको सहभागिता रहने छ । प्रथम हुने टिमलाई नगद दश लाख सहित मेडल र प्रमाण पत्र वितरण गरिने फुटबल क्लबका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले जानकारी दिए । उनका अनुसार दोस्रो हुने टिमले नगद पाँच लाख सहित मेडल र प्रमाण पाउने जनाइएको छ । पहिलो संस्करण भन्दा दोस्