अमाह सिमसारमा तेस्रो स्टोनस्किपिङ च्याम्पियनसिप, खेल पर्यटनमा नयाँ उत्साह

  • असोज २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ वराहक्षेत्रस्थित अमाह सिमसार कात्तिक ३ गते तेस्रो स्टोनस्किपिङ च्याम्पियनसिपका लागि तयारी अवस्थामा पुगेको छ। चतरा हाइकिङ समूह र अमाह सिमसार संरक्षण समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नारासहित घोषणा गरिएको हो।

आयोजक चतरा हाइकिङ समूहका अध्यक्ष भिषण राईका अनुसार खेलमार्फत वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै खेल पर्यटनमा नयाँ आयाम थप्ने लक्ष्य लिइएको छ।

 “स्टोनस्किपिङले स्थानीय आकर्षण बढाउँदै सिमसारको संरक्षणमा पनि सहयोग पुर्‍याउने विश्वास गरेका छौं,” अध्यक्ष राईले बताउनुभयो।

आइतबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक लक्ष्मण कटुवालले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो।

“अमाह सिमसारसँग सहकार्यमा पूर्वाधार निर्माणदेखि व्यवस्थापनसम्म सबै तयारी सम्पन्न भइसकेको छ,” उहाँले बताउनुभयो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार स्टोनस्किपिङ खेल नदी, ताल वा सिमसारजस्ता सफा जलाशयमा खेलिन्छ, जहाँ चेप्टा ढुङ्गालाई पानीमा हुइँक्याइँदै कति पटक उफ्रिन्छ भन्ने आधारमा विजेता तय गरिन्छ। विश्वका विभिन्न मुलुकमा यो खेल अत्यन्त लोकप्रिय छ। गिनिज बुक अफ वल्र्ड रेकर्डअनुसार सन् २०१३ मा अमेरिकी खेलाडी कर्ट स्टेइनरले ८८ पटक ढुङ्गा स्किप गर्दै विश्व रेकर्ड कायम गरेका थिए।

गत वर्षको संस्करणमा स्थानीय खेलाडी राहुल लिम्बूले १४ स्किपको उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका थिए। यस वर्ष पनि स्किप गणना क्यामेरा प्रविधिमार्फत डिजिटल प्रणालीबाट गरिने आयोजकले जनाएको छ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र सामुदायिक सहभागिताले परिचित अमाह सिमसारमा हुने यो प्रतियोगिताले स्थानीय पहिचान र खेल पर्यटन दुबैलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved