सरकारले आशा जगाओस्

  • असोज २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

आजभोलि ‘जेन–जी’ शब्द नेपालमा मात्र होइन, विश्वभरि नै चर्चामा छ । यही भदौ २३ र २४ गते नेपालका ‘जेन–जी’ (नवपुस्ता) हरूले गरेको विस्मयकारी आन्दोलनका कारण यो शब्द अहिले चर्चामा छ । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट र अन्य विभिन्न स्थानमा जलेर ज्यान गुमाउनेको सङ्ख्या ७३ पुगिसकेको छ ।

त्यसैले यो सामान्य आन्दोलन होइन । देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध आक्रोशित बनेको युवाकै आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ३६ घण्टाभित्र राजीनामा दिन बाध्य भए । सोही आन्दोलनका कारण अप्रत्याशित रूपमा देशमा अन्तरिम सरकार पनि गठन भएको छ ।

पुराना दलहरू र तत्कालीन गठबन्धन सरकारले जेन–जीका भावना र तिनको शक्तिलाई बेवास्ता गरेकै कारण अहिले यो उथलपुथल आएको हो । नागरिकहरूको अवस्था जतिसुकै दयनीय भए पनि उनीहरू राज्य–दोहनलाई बन्द गर्न तयार नभएकै कारण देशले अबौँं रुपैयाँको क्षति व्यहोर्नु परेको छ ।

सरकार, सुरक्षा निकाय र राजनीतिक दलहरूले जेन–जी आन्दोलनलाई कम आँकेकै कारणले पनि यस्तो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको हो । तत्कालीन सरकार जेन–जीका मागप्रति गम्भीर भइदिएको भए पनि परिस्थितिले अर्कै रूप लिने सम्भावना हुन्थ्यो ।

शान्तिपूर्ण आन्दोलन ब्यारिकेड तोडेर संसद् भवनपरिसरमा पसेपछि अत्तालिएको सुरक्षा बलले दमनमा सबै उपाय एकैपटक प्रयोग गर्दा अकल्पनीय अवस्था सिर्जना भयो ।
२३ गते नै प्रधानमन्त्रीले राजीनामा दिएका भए सम्भवतः भदौ २४ को विध्वंस मच्चिने थिएन । जे होस्, नहुनुपर्ने दुर्घटना भइसकेको छ ।

अब यसलाई रोक्न सकिँदैन । यसबाट पाठ सिकेर आगामी दिनका लागि भने सचेत र सतर्क हुन सकिन्छ । वर्तमान सरकार चुनावी सरकार मात्र हो ।

शान्तिपूर्ण रूपमा निष्पक्ष र धाँधलीरहित निर्वाचनमार्फत देशलाई ठिक मार्गमा हिँडाउनु नै यसको मुख्य जिम्मेवारी हो । यति हुँदाहुँदै पनि यो सरकारले जेन–जी र देशका नागरिकहरूमा आशा जगाउने गरी केही महत्वपूर्ण काम भने गर्नैपर्छ ।

देशमा भएका ठुला भ्रष्टाचारका घटनाहरूको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर अब देशमा भ्रष्टाचारीले उन्मुक्ति पाउने छैनन् भन्ने सन्देश दिनु पनि वर्तमान सरकारको महत्वपूर्ण जिम्मेवारी हो । त्यसो त आन्दोलनका नाममा देशका महŒवपूर्ण र ऐतिहासिक सम्पदा तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउन छुटाउनु हुँदैन ।

यो विशेष परिस्थितिमा निश्चित उद्देश्य बोकेर छोटो अवधिका लागि बनेको सरकार भएको हुँदा यसबाट धेरै अपेक्षा गर्न सकिँदैन । देशको अवस्थामा कायापलट नै गर्न नसके पनि नागरिकलाई अझ निराश बनाउने कामबाट यो सरकार जोगियोस् । निर्धारित समयमै निर्वाचन भएर ताजा जनादेशसहितको प्रतिनिधिसभा नै अबको आशाको केन्द्र हो । त्यसमा यो सरकार सफल होस् । यही शुभकामना छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved