धरानमा लागू औषधसहित दुई युवक पक्राउ, हजारौं क्याप्सुल बरामद

  • असोज २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उप–महानगरपालिका–२० मा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ।

विशेष सूचनाका आधारमा शनिबार राति ८:३० बजेतिर इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दुई युवालाई नियन्त्रणमा लिएको हो।

धरान–८ का १९ वर्षीय नलन तामाङले चलाएको को २८ प २४१० नम्बरको स्कुटर र सो स्कुटरमा सवार २१ वर्षीय प्रकाश लिम्बुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा ठूला मात्रामा औषधीय ट्याब्लेट फेला परेको जनाएको छ।

प्रकाश लिम्बुको झोलाभित्र Tramol–50 (Tramadol Hydrochloride Capsule I.P) का २,७०० क्याप्सुल र Dicyclomine HCL Tablets 20 mg का २,५१० ट्याब्लेट, गरी जम्मा ५,२१० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद औषधीय पदार्थ लागू औषध ऐनअन्तर्गत प्रतिबन्धित सूचिमा पर्ने भएकाले उनीहरूलाई स्कुटरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved