अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल पहिलो, मोडर्न प्रिपेरेटोरीका खुशी र शिल्पाले जिते स्वर्ण

  • असोज २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बंगलादेशको जसोर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा सम्पन्न BKO Cup 2025 – 6th International Open Karate Championship मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ।

अक्टोबर ९ देखि ११ तारिखसम्म चलेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, भूटान, श्रीलंका, जापान र बंगलादेशलगायत राष्ट्रहरू सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो टिम पोजिसन (1st Team Position) हासिल गरी अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्यालो बनाएको हो।

यस गौरवशाली उपलब्धिमा सुनसरीको इटहरीस्थित Modern Preparatory Secondary Boarding School का दुई प्रतिभाशाली विद्यार्थीहरूले स्वर्ण पदक जित्दै उल्लेखनीय योगदान गरेका छन्।

* खुशी बिष्ट – महिला कुमिते +45 किलो (१२–१४ वर्ष समूह)

* शिल्पा श्रेष्ठ – महिला कुमिते 40 किलो (१२–१४ वर्ष समूह)

उनीहरूको अनुशासन, निरन्तर अभ्यास र दृढ संकल्पले विद्यालय मात्र होइन, सम्पूर्ण नेपाललाई गौरवान्वित बनाएको विद्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालले प्राप्त गरेको यो सफलता नेपाली कराते खेलको स्तर, प्रतिभा र क्षमताको उज्ज्वल उदाहरणका रूपमा लिइएको छ।

 विद्यालयले नेपालका सम्पूर्ण विजेता खेलाडीहरूलाई हार्दिक बधाइ तथा आगामी दिनहरूमा अझ ठूलो सफलता र सम्मानको शुभकामना व्यक्त गरेको छ। 

Modern-Preparatory-Secondary-Boarding-School-koshipatra Modern Preparatory Secondary Boarding School-koshipara

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved