‘जेनजी’ आन्दोलनका बेला लुटिएको ३०३ राइफल दमकमा बेवारिसे अवस्थामा फेला

  • असोज २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिर नजिकै आइतबार बिहान बेवारिसे अवस्थामा एक थान ३०३ राइफल फेला परेको छ।

बिहान करिब ७ः३० बजे स्थानीयले बन्दुक देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान गर्दा उक्त राइफल २०८२ साल भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको भएको पुष्टि भएको हो।

प्रहरीका अनुसार राइफलसँगै म्यागजिन पनि फेला परेको छ। फेला परेको हतियारलाई नियन्त्रणमा लिएर पुनः इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको जनाएको छ।

‘जेनजी’ आन्दोलनका क्रममा देशभरका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका केही हतियार अझै फेला नपरेका बेला दमकमा ३०३ राइफल पुनः बरामद हुनु प्रहरीले पाएको उल्लेखनीय सफलता मानिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved