धरानदेखि बिर्तामोडसम्म ‘मैझारो’को धमाका, दर्शकमाझ पुग्दै निर्देशक विल्सन विक्रम राई

  • असोज २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कातिक ७ गतेबाट प्रदर्शनमा आउँदै गरेको नेपाली फिल्म ‘मैझारो’को प्रचार–प्रसार पूर्वका विभिन्न सहरमा  सुरु भएको छ। निर्माण टिमले झापाको बिर्तामोड, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी र धरानमा सांगीतिक कार्यक्रमको आयोजना गर्दै दर्शकसम्म फिल्मको जानकारी पुर्याइरहेको छ।

फिल्मका निर्देशक र निर्माता विल्सन विक्रम राई आफैं स्टेजमा उपस्थित भई हास्य र गीतमार्फत दर्शकलाई मनोरञ्जन दिँदैछन्। ‘राई इज किङ’का लोकप्रिय गायक राजेशपायल राई, संगीतकार तथा गायक अनमोल गुरुङ, र फिल्मका मुख्य कलाकारहरूले पनि रंगीन प्रस्तुति दिएका छन्।

 बिहीबार धरानमा आयोजना गरिएको कन्सर्टमा हजारौँ दर्शकको उत्साहपूर्ण उपस्थितिले कार्यक्रम झनै रोचक बनाएको थियो। निर्देशक राई भन्छन्,

“हामी दर्शकलाई मनोरञ्जनका साथ फिल्म हलसम्म लैजाने प्रयासमा छौं। यो प्रचार हाम्रो लागि नयाँ तर प्रभावकारी माध्यम हो।”

‘मैझारो’मा धिरज मगर, मिरुना मगर, दिया पुन र बुद्धि तामाङ प्रमुख भूमिकामा छन्। साथै सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, प्रेम सुब्बा, उदय सुब्बा, भूपेन्द्र लिङदेन लगायतका कलाकारको अभिनय देख्न पाइनेछ।

फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् भने स्वरमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको आवाज सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ भने ओएसआरले डिजिटल अधिकार लिएको छ।

यो डेब्यु निर्देशन भएको फिल्मले मौलिक प्रेमकथा र मनोरञ्जनलाई एकैसाथ प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved