समाज

    Showing 1,101-1,110 of 6,816 items.
  • धरानमा ट्याम्पो–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    धरान/  सुनसरीको धरान–१४ बिजयपुरमा(मंगलबार) आज बिहान भएको ट्याम्पो र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिजयपुर चौकदेखि बुढासुब्बा र नारायणपुर जाने बाटोको बीच भागमा रहेको रूख नजिकै को १ ह ६०२९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक धरान–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार बिहान करिब १०:१५ बजे भएको उक्त दुर्घटनापछि गम्भीर घाइते मगरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 2,117 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा पहिलोपटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा, प्रदेशमै नयाँ उपचार सुविधा

    धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दीर्घकालीन पीडा व्यवस्थापनका लागि अत्याधुनिक रेडियोफ्रिक्वेन्सी एब्लेसन (RFA) सेवा सुरु गरिएको छ। प्रतिष्ठानको एनेस्थेसियोलोजी विभागको पहलमा पहिलो पटक सुरु गरिएको यस सेवामार्फत ट्राइजेमिनल न्युराल्जिया भएका एक बिरामीको ग्यासेरियन गैङ्गिलयन आरएफए प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए। उनका अनुसार, ट्राइजेमिनल न्युराल्जिया अनुहारको एक भागमा अत्यन्त तीव्र र झट्का लाग्ने पीडा दिने स्नायु सम्बन्धी रोग हो। साधारण औषधीय उपचार प्रभावकारी नहुन सक्ने यस अवस्थामा आरएफए प्रविधिले दीर्घकालीन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 1,347 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरितालिका तीज आज : देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं/आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउँदैछन्। देवादिदेव महादेवको पूजा–आराधना गर्दै उपवास बस्ने यो पर्वका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। भक्तजनहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। शास्त्रीय विश्वासअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत बस्नाले सुख, शान्ति र कल्याण प्राप्त हुने मान्यता छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि धार्मिक ग्रन्थअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्ल

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ट्राफिक प्रहरीको डिजिटल बोर्ड : विवादास्पद लेखाइ सच्याइने

    धरान/ जिल्लाको ट्राफिक प्रहरी कार्यालय सुनसरीको डिजिटल बोर्डमा केही समयअघि “फेक प्रहरी” लेखिएको देखिएको थियो। धरान–८ मा रहेको उक्त बोर्डमा यस्तो शब्द देखिएपछि स्थानीयवासी चकित बनेका थिए। तर, प्रहरी भने यसबारे अनविज्ञ रहेको बताइएको थियो। पछिल्लो अपडेटअनुसार, कोशीपत्रमा समाचार प्रकाशित भएपछि प्रहरीले प्राविधिक त्रुटिका कारण त्यस्तो देखिएको स्वीकार गर्दै बोर्ड तत्काल सुधार गरिने जनाएको छ।

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 3,632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

    विराटनगर/ विराटनगरबाट ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको कटिहार जिल्ला शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही जिल्लाको खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन्। उनीहरूलाई आइतबार साँझ विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडिको सार्वजनिक सडक खण्डबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई चेकजाँच गर्दा हुसेन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज दर खाने दिन, यस्तो छ महत्व

    काठमाडौं/  हरितालिका तिजको अघिल्लो दिन आज (सोमबार) दर खाने पर्व मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तिजको दिन निराहार व्रत बस्ने चलन छ । व्रतका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तिजको अघिल्लो दिन १ दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रमा १ महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिल्ला ट्राफिक प्रहरी,फेक प्रहरी ?

    धरान/ जिल्ला ट्राफिक प्रहरीको कार्यालय सुनसरी फेक प्रहरी लेखिएको पाइएको छ ।   धरान ८ मा रहेको प्रहरी कार्यालयको डिजिटल बोर्डले फेक प्रहरी भनेर देखाएको हो ।  तर यस बारे प्रहरी अनविज्ञ रहेको छ । तस्बिर:    

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 1,147 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल कबड्डी लिगको खेलाडी दर्ता आजसम्म

    काठमाडौं/ नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि खेलाडी दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसैले आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट खेलाडी दर्ताको अन्तिम(आज) दिन सोमबार-२५ अगस्ट, २०२५ तोकेको छ ।   एनकेएलले स्वदेशी तथा बिदेशी खेलाडीको बढ्दो उत्साहको कारण दोस्रो सिजनको लागि खेलाडी दर्ताको अवधि लम्बाएको थियो । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार काठमाडौं उपत्यका र मोफसलसँगै बिदेशी खेलाडीको अत्याधिक चासो आएको छ, त्यसैले कोही पनि इच्छुक खेलाडी नछुटोस् भनेर सोमबारलाई खेलाडी दर्ताको अन्तिम दिन तोकिएको हो ।’   दर्ता गरिका खेलाडीलाई ड्राफ्टमार्फत्

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 421 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'गरिमा तीज उत्सव–२०८२’ अनिता तामाङ ‘गरिमा तीज क्वीन’ घोषित

    धरान/ हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको “गरिमा तीज उत्सव–२०८२” सम्पन्न भएको छ। शनिबार धरान–१ स्थित धुलिखेल समाजको हलमा आयोजित उक्त कार्यक्रममा तीज विशेष नृत्य प्रतियोगिता “गरिमा तीज क्वीन–२०८२” सम्पन्न गरिएको हो। प्रतियोगितामा धरान–८ की अनिता तामाङ विजेता बन्न सफल भइन्। सोही क्रममा धरान–३ की मेन्दो मोक्तान फस्ट रनरअप तथा सोही वडाकी सोनी बिष्ट सेकेन्ड रनरअप बनेकी छन्। विजेता र उपविजेताले क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास, गिफ्टह्याम्पर साथै गरिमा डान्स सेन्टर धरानमा दुई महिना निःशुल्क नृत्य सिक्ने अवसर पुरस्कार

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 1,262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सियोन स्कुलको ऐतिहासिक सफलता: कक्षा-१२ मा १००% नतिजा, उत्कृष्ट विद्यार्थीलाई सम्मान

    धरान/  धरान–१६ स्थित सियोन स्कुलले नेपाल परीक्षा बोर्डद्वारा लिइएको २०८१ सालको कक्षा–१२ वार्षिक परीक्षामा १०० प्रतिशत नतिजा निकाल्दै उत्कृष्ट उपलब्धि हासिल गरेको छ। यस उपलब्धिलाई विशेष बनाउन स्कुलले शुक्रबार आफ्ना सफल विद्यार्थीलाई सम्मान गरेको हो। स्कुलको सेमिनार हलमा आयोजित कार्यक्रममार्फत निर्देशक तथा प्रिन्सिपल खड्ग बहादुर थापा मगर, भाइस प्रिन्सिपल राकेस चौधरी, पिआरओ मान बहादुर थापा मगरलगायतले उत्कृष्ट विद्यार्थीलाई खदा र मायाको चिनो सहित सम्मान गरेका थिए। समारोहमा बोल्दै निर्देशक थापा मगरले सफलताप्रति बधाई ज्ञापन गर्दै भने, “उच्च शिक्षा र सीप हासिल गर्न विदेश जान

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 852 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved