समाज

    Showing 1,011-1,020 of 6,697 items.
  • गौर हत्याकाण्ड छानबिनको परमादेश: भुमि विधेयकसँग जोड्दै जसपाको धरानमा विरोध

    धरान/  भूमि विधेयकलाई राष्ट्रिय सभाबाट पारित गराउन सरकार सर्वोच्च अदालतमार्फत गौर हत्याकाण्ड मुद्दा ब्युँताएको आरोप लगाउँदै जसपा नेपालले बुधबार धरानमा विरोध कार्यक्रम गरेको छ। अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपाले भानुचोकमा विरोधसभा आयोजना गरेको थियो। कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बुले सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै आक्रोश पोखे। सर्वोच्च अदालतले करिब १९ वर्ष पुरानो गौर हत्याकाण्ड छानबिन गर्न परमादेश जारी गरेपछि राजनीतिक वृत्त ततिएको छ। २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा माओवादी र मधेशी जनाधिकार फोरमबीचको झडपमा २७ जनाको विभत्स

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर अस्पताल स्थापना सम्बन्धी छलफल, सहमति जुट्न सकेन

    धरान/  धरान उपमहानगरपालिकाले नगर अस्पताल स्थापना गर्नेबारे बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  सँग छलफल गरेको छ। धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल स्थापना गर्ने विषयमा छलफल गर्न मेयर हर्कराज राईले दिउँसो २ बजे विभिन्न दलका नेता र विपी प्रतिष्ठानलाई बोलाएका थिए। स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेपछि नगरको आफ्नै अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको हो। करिब डेढ घण्टा चलेको छलफलमा सहमति भने जुट्न सकेन। दलका

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 445 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदैः कोठाबाट सुरु भएको योजना अब मञ्चमा पुर्‍याउन सकिने

    इटहरी/ कोशी प्रदेशमा रहेका नव–उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ । नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको छ । मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार, पिचफेस्ट विशेषगरी आफ्नै व्यवसायलाई नयाँ उचाइमा पु-याउन चाहने तथा व्यावहारिक प्रोटोटाइपसहितको स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ । उनले भने, ‘यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र होइन, उद्

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर भवन निर्माणमा अध्यक्ष भीमज्वाला राईद्धारा ३० हजार सहयोग

    इटहरी/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको भवन निर्माण अभियानमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नगद ३० हजार सहयोग गरेर अभियानलाई साथ दिएकाछन् । बुधबार संगठन कोशी प्रदेश कमिटीले आयोजना गरेको यातायात मजदुर भवन निर्माण सम्बन्धी प्रदेश स्तरिय अगुवा भेलामा केन्द्रीय अध्यक्ष राईले ३० हजार दिने घोषणा गरेकाहुन् । इटहरी स्थित टाफिक प्रहरी कार्यालय उत्तरतर्फ पूर्व पश्चिम राजमार्गसंगै जोडिएको संगठनको दश धुर जग्गामा संगठनले दुइतले भवन बनाउने तयारी स्वरुप बुधबार इटहरीमा भेला आयोजना गरेको संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामाले जानकारी दिए । भवनको तल्लो तलामा ४ कोठा र माथ

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ४ क्षितिज डाँडामा सडक अवरुद्ध : सर्वसाधारणलाई सास्ती

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ४ मा रहेको पर्यटकीय क्षेत्र क्षितिज डाँडामा गएको पहिरोका कारण स्थानीयको धरानको मुख्य बजारसँग सम्बन्ध विच्छेद भएको छ भने त्यहाँ होटल व्यवसायीहरु व्यवसाय नचल्दा निराश बनेका छन । विगत केही दिनदेखि आएको लगातार बर्षाका कारण क्षितिज डाँडासम्म पुग्ने सडक ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि यहाँका सर्वसाधारणले सास्ती भोग्नु परेको छ भने होटल व्यवसाय ठप्प हुदा व्यवसायीहरु चिन्तित बनेका छन् । धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने सारंगा छेउमा रहेको क्षितिज डांडाको सडक पहिरोले भत्काएपछि स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ भने होटल सञ्चालकहरु होटल व्यवस

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

    सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा प्रहरीले विशेष अभियान सञ्चालन गरी १७.०३ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ९ः३० बजे अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ७७७२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ का ३२ वर्षीय विशाल लिम्बु र ऐ.ऐ. बस्ने ३५ वर्षीय गणेश तामाङ रहेका छन्। चेकजाँचका क्रममा विशाल लिम्बुले मलद्वारमा च्यापी लुकाइराखेको अवस्था

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुम्का कारागारमा रहेका कैदीको उपचारका क्रममा मृत्यु

    सुनसरी/  सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ। लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई (बुधबार)आज बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो। भोजपुर हतुवागढी गाउँपालिका–८ घर भइ हाल धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राई २०८१ सालको चैत्र २६ गतेदेखि झुम्का कारागारमा थुनामा थिए। लागू औषध मुद्दामा रु २५ हजार धरौटी तिर्न नसकेका कारण उनी थुनामा रहेको कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, राई आज बिहान करिब ५:१५ बजे अचानक बेहोस भएर ढलेका थिए

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 2,056 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा  भारतीय शास्त्रीय ‘कथाकली’ नृत्यको मनमोहक प्रस्तुति

    धरान/ धरान–१३ स्थित भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय (पीपीओ) को प्राङ्गणमा मंगलबार साँझ भारतको चर्चित शास्त्रीय नृत्य ‘कथाकली’ प्रस्तुत गरिएको छ। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास काठमाडौंको आयोजनामा भएको कार्यक्रममा दुवै देशका राष्ट्रिय गानपछि विशेष अतिथि कोशी प्रदेश सभा सदस्य विजयकुमार राई र रमेशकुमार बस्नेतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए। भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक अधिकारी मेजर शम्मि सुवर्णले स्वागत मन्तव्य राख्दै कला, संस्कृति र अध्यात्म मानवतालाई जोड्ने पुल भएको उल्लेख गर्दै सहभागी अतिथिह

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोल्साको सुनको भाउ सात वर्ष यताकै उच्च

    झापा/ खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी) ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य रु एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मङ्

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेभित्र शक्ति संघर्षको संकेत पूर्वराष्ट्रपति भण्डारी र मुख्यमन्त्री बीच वन टु वन भेटवार्ता

    विराटनगर/ नेकपा एमालेभित्र शक्ति संघष बढ्दै गएको संकेत देखिन थालेको छ । सोमबार रातारात पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच विराटनगरको बिग होटलमा भेटवार्ता भएपछि एमालेको पार्टीभित्र शक्ति संघर्षको संकेत बढेको संकेत देखिएको हो । मुख्यमन्त्री कार्की आर्थिक मामिला मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी, खानेपानी मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईसहित भण्डारीलाई भेट्न पुगेका थिए ।भेटमा करिब एक घण्टा मुख्यमन्त्री कार्की र भण्डारीबीच ‘वान टु वान’ छलफल भएको थि

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 359 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved