जनकपुर/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसविनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्। बुधबार जनकपुरमा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसविनाको सरकार कल्पना गर्न नसिकिने बताएका हुन्। त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने उनले बताए। ‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ-आफ्नो कार्यभार पूरा गर्नुपर्छ,’ उनले भने। नेपालले सरकारले राम्रो काम गर्न खोजेपनि पर्याप्त नभएको बताउँदै सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्नुपर्ने बताए। ‘सबै इमान्दार हुन जरूरी छ, त्यसमा हाम्रो पार्टी प
इटहरी/ वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न थालेको छ । मंगलबारदेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार इटहरीले पहिलोपटक स्थानीय रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूवात गरेका हुन् । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको भनाइ छ । उनले भने, ‘श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सु
इटहरी/ अत्याधिक कर वृद्वि भएको भन्द इटहरी उपमहानगरपालिका वडा नं. २ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । इटहरी वडा नं. २ को कार्यालयमा स्थानीयबासीहरूले मंगलबार तालाबन्दी गरेका हुन् । दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका थिए । मंगलबार पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए । मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आँफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दङ्गालको भनाइ छ । स्थानीयले उठाएको माग सुनुवाइ न
विराटनगर/ नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी भएका छन् । असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएकाहुन् राईसंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् । राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयीहुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकीछिन् । तीन दश
धरान/ किरात याक्थुङ चुम्लुङले प्रदेश नामाकरणको विषयमा भईरहेको आन्दोलनर्लाइ तत्काल सम्बोधन गर्न माग गरेको छ । कोशी नाम खारेजी संयुक्त सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङको काठमान्डुमा २८ औँ राष्ट्रिय चुम्लुङ साधारण सभाअघि बसेको केन्द्रीय समितिको बैठकले पुनः नामाङ्कन आन्दोलनको ७ महिना बितिसक्दा पनि राज्यले सुनवाइ नगरेकोमा आपत्ति जनाएको छ । चुम्लङुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नाम ‘कोशी’ खारेजीको आन्दोलन भएको सात महिना भइसक्दा पनि राज्यले यसको सुनुवाइ गरेको छैन । आन्दोलनको सम्बोधन गर्नुको सट्टा विभिन्न दोषारोपण र सुरक्षा चुनौती महसुस भएको जस्ता प्
सुनसरी/ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फि विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै
धरान/ नेपाली समाजलाई सुहाउँदो किसिमको राजनीतिक सिद्धान्त कांग्रेस, कम्युनिष्ट पार्टीमा नभएको जसपा पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् । शनिबार धरानमा लिम्वुवान राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले पञ्चायतकालमा समेत माटो सुहाउँदो ढुङगा सुहाउँदो भनिने गरे पनि अन्ततः त्यस्तो नभएपछि राणा शासन, पञ्चायत शासन पतन भएको बताए । उनले पुराना पार्टीहरुको सैद्धान्तिक अवधारणा पनि यथार्थपरक र वैज्ञानिक नभएको दावी गदैै भने, “कांग्रेस र कम्यिुनिष्ट पार्टीले लिएको सैद्धान्तिक अवधारणामा पनि नेपाली समाज बहुराष्ट्रियतामा र ऐतिहासिक पृष्ठ
इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्र भित्रै सुरु भएको राजनीति नेम्बाङको १३ दिने काम पछि खुलेरै हुन थालेको छ । जिल्लामा उपनिर्वाचन त तोक सकेको छैन तर उपनिर्वाचन हुन्छ भनेर नेताको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइसकेको छ । २०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्बाङको निधनपछि उनको कार्यभार पूरा गर्न उनका कान्छा छोरा सुहाङको चर
सुनसरी/ नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री शेरधन राई नेतृत्वको तीन सदस्यीय कार्यदलले पेश गरेको ‘कोशी प्रदेशको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिको प्रस्ताव’ले प्रदेशको औचित्वमाथि प्रश्न उठ्न थालेको निष्कर्ष निकालेको छ । समृद्धिको प्रस्तावमा प्रदेश संरचनाका १५ वटा चुनौती देखाइएको छ । पार्टीका नेता राई संयोजक, हिक्मत कार्की र सुबोधराज प्याकुरेल सदस्य रहेको आर्थिक सामाजिक रुपान्तरण र प्रस्ताव मस्यौदा कार्यदलले यस्ता चुनौति उल्लेख गरेको हो । यस्तै राजनीतिक अस्थिरताका कारण जनतामा निराशाको अवस्था भएकोले जनमत स्विङ हुने अवस्था रहेको, संघीयता कार्या
सुनसरी/ संविधान जारी भएको कारणले नै दलित समुदायले मुक्ति तथा न्यायको अनुभुति गर्न नसकेको सरोकारवाला तथा अधिकारकर्मीहरुले विश्लेषण गरेका छन् । नेपालको सविधान २०७२ जारी भएको ८ वर्ष भएको छ, तर ८ बर्षसम्म सविधानकै कारण दलित समुदायले मुक्ति तथा न्यायको अनुभूति गर्न नपाएको सरोकारवाला तथा अधिकारकर्मीहरुको भनाइ छ । ‘सामाजिक न्यायको यात्रा ः दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श’ बिषयक अन्तरक्रियामा सांसद् सन्तोष परियार, माओवादी केन्द्रकी नेता अञ्जना विशंखे, नागरिक आन्दोलनका अभियान्ता सञ्जीव उप्रेती, पुर्व राजदुत डा. निर्मल विश्वकर्मा लगायतका वक्ताहरुले सविधानमा दलित अधिकार सुनुश्चि