राजनीति

    Showing ८०१-८१० of १,९५८ items.
  • पाथिभरा क्षेत्रमा रुख काट्न नदिन मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    विराटनगर/ ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ (पाथिभरा) मा विकासको नाममा त्यहाँ रहेका रुखहरु काट्न अनुमति नदिन माग राख्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् । मुक्कुम्लुङ बचाऊ अभियानमा संलग्न ७ वटा संघ संस्थाले आज (सोमवार) मन्त्रालयमै गएर मन्त्री उप्रेतीलाई रुख काट्न अनुमति नदिन माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । सांस्कृतिक सम्पदा तथा जैविक विविधता सर्वनाश गर्ने काम कारबाही गरेमा त्यसको प्रतिरोध गर्दा अप्रिय घट्ना हुन सक्ने र त्यस्तो अप्रिय स्थिति उत्पन्न भए जनसमुदायको शान्ति र सुरक्षाको जिम्मेवार सरकार नै हुनुपर्ने उनीहरुको भनाइ छ ।

    • प्रकाशित मितिः चैत ७, २०८०
    • ३८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानवीय विकाशमा प्रदेश सरकार अघि बढेको छ : मुख्यमन्त्री कार्की

    धरान /भौतिक विकाशले मात्रै नभई मानवीय विकाशले सभ्य समाज निर्माण गर्ने भएकाले कोशी प्रदेश सरकार मानवीय विकाशमा अघि बढेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।  विराटनगरमा सोमबार देखि शुरु भएको ५९ औं अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित दलित जनप्रतिनिधिहरूको तेस्रो कोशी प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले मानवीय विकाशलाई प्राथमिकतामा राखेको बताउँदै समाजमा विभेद रहे सम्म विकाश नहुने तर्क गरे । उनले विभेद रहित समाजले मात्रै प्रदेशको विकाश गर्ने बताए ।  उनले ऐन कानुन बनाएर मात्र विभेद अन्त्य नहुने भएकाले त्यसका लागि आफु भित्र

    • प्रकाशित मितिः चैत ६, २०८०
    • ५०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

    विराटनगर/ इलाम २ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ ।  इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आइतबार केन्द्रमा पठाएको हो । वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो । केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् । उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्

    • प्रकाशित मितिः चैत ५, २०८०
    • ७१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागरिक स्तरबाट खानेपानी व्यवस्थापनमा लागे एक करोड सहयोग गर्ने प्रतिवद्धता

    धरान/ कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ । धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक हुनुहुन्छ । धरानमा खानेपानीको दीर्घकालिन समाधानका लागि सरकारबाट कुनै काम नहुँदा उहाँ चिन्तित पनि हुनुहुन्छ । राणा, पञ्चायत, प्रजातन्त्र र उन्नत लोकतन्त्र सबै खेप्नु भएको श्रेष्ठ धरानमा खानेपानीको समस्या राणाकालदेखि नै भोग्दैं आएको बताउनु हुन्छ । समस्या राणाकालदेखि थियो । नयाँ व्यवस्था आयो । शासक फेरिए । शासन फेरियो । तर धरानको खानेपानीको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन् ।, उहाँ भन्नुहुन्छ । अव यस विषयमा नागरिक नै जागरुक हुनु जरुरी छ

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ७५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

    धरान/  वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम

    • प्रकाशित मितिः चैत ४, २०८०
    • ५६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काँग्रेस अव कडा प्रतिपक्षी – डा शेखर

    विराटनगर/ कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री हुन नदिएको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्वीकार गरेका छन् । मंगलबार विराटनगरमा गुराँस पुस्तकालयको ५४ औ वार्षिक उत्सव कार्यक्रममा उनले आफूले नै माओवादीलाई कोशी प्रदेशमा मुख्यमन्त्री हुनबाट रोकेको दाबी गरे । यस अघि गठबन्धन फेरेका प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा काँग्रेसले हुन नदिएको आरोप लगाएका थिए । त्यसको जवाफमा कोइरालाले पनि आफूले नै माओवादीको मुख्यमन्त्री हुन नदिएको दाबी गरे । तत्कालीन सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • ५३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा उपनिर्वाचन रौनक सुरु टिकट हत्याउने लभिङमा नेता

    इलाम/ प्रतिनिधी सभाका सदस्य सुवासचन्द्र नेम्बाङको गत साल भदौ २६ गते निधन पछि रिक्त बनेको इलाम क्षेत्र नम्बर २ मा चुनाव हुने भए सँगै जिल्लामा चुनावी रौनक सुरु भएको छ । बिभिन्न पाटीका आकांक्षीहरु चुनावी मैदानमा उत्रने तयारीका साथ यतिबेला निर्वाचन केन्द्रित कार्यक्रमा जुटेका छन् । तर कुन पार्टीमा कस्ले टिकट पाउने अझै निश्चीत भने भइसकेको देखिदैन । तर पनि टिकटकै लागि पार्टी भित्र टिकट हत्याउन आन्तरिकरुपमा नै रस्सा कस्सी देखिन्छ । जिल्लामा उपनिर्वाचनको मिति तय भएसंगै नेताहरुको दौडधुप पनि सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आंकलन र च

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • १,११८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अरुण नदीमा पुल नहुदा स्थानीयलाई सास्ती फेरि सञ्चालन भए पनि घण्टौ कुर्नुपर्ने बाध्यता

    धरान/ भोजपुरको षडानन्द नगरपालिका र संखुवासभालाई जोड्ने अरुण नदीको सती घाटमा फेरि सञ्चालन आएपछि त्यहाँका स्थानीय सर्वसाधारणको जीवनयापनमा केही सहज भए पनि फेरिबाट सवारी साधन आवातजावत गर्दा घण्टौ पर्खिनुपर्ने झन्टझटले भने स्थानीयहरु आजीत बनेका छन् । भोजपुरको षडानन्द नगरपालिकाका र संखुवासभाको मनकामनाबीचमा रहेको अरुण नदीको सतिघाटमा सञ्चालन भएको फेरिले संखुवासभा तथा भोजपुरका स्थानीयहरुलाई तराईसम्म जोड्ने् काम भएको भएपनि फेरिबाट गाडी तार्न घण्टौ पखिुपर्ने बाध्यताले भने समयमै गन्तव्यमा पुग्न नसक्ने सवारी चालकहरु बताउँछन् । सवारी साधनको लाइन धेरै भएका कारण उनीहरुले घण्टौ पर्खिनुपर्ने अवस्था रहेको

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • ५६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केन्द्रमा गठबन्धन भत्किएसँगै कोशी प्रदेशमा समेत समस्या

    मोरङ/  केन्द्रीय गठबन्धनबाट नेपाली काँग्रेसलाई छाडेर एमालेसहितको गठबन्धनको सरकार बनेपछि त्यसको असर कोशी प्रदेशमा समेतै देखिएको छ । केन्द्रीय गठबन्धनको प्रमुख घटक एमालेका प्रमुख सचेतक अधिवक्ता समेत रेवतीरमण भण्डारीले केन्द्रको समिकरण भत्किएसँगै कोशी प्रदेश सरकारको हैसयित समेत समाप्त भएको बताएका छन् । उनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन् । ्तीन महिना अगाडि नेपाली काँग्रेसका २९ जना सांसदमध्ये ८ जना सांसद लिएर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्य मन्त्री बनेका कार्कीले केही दिनमै विश्वासको मत लिएपश्चात एमालेको साथ छोडी

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न विद्यालयलाई आग्रह

    धरान/ निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न आनाकानी गर्न नहुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनले विद्यालयलाईनै जोखिम कम हुने अध्यक्ष राईले बताउनुभएको हो । शनिबार धरानमा रहेका निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुको भेलामा राईले त्यस्तो बताउनु भएको हो । मजदुरहरुको जीवनचत्रमा आइपर्ने समस्यालाई सम्बोधन गर्नेगरी सामाजिक सुरक्षा कोषले ल्याएको चारवटा स्किमलाई विद्यालयले कभर गर्नुपर्छ अन्यथा कोषमा मजदुरहरुलाई सहभागी

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • १,०४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved