इलाम २ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

  • चैत ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ इलाम २ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । 

इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आइतबार केन्द्रमा पठाएको हो ।

वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो ।

केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् ।

उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र रिक्त छ।

निर्वाचन आयोगले चैत २४ मा मनोनयनको मिति तोकेको l

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved