पाथिभरा क्षेत्रमा रुख काट्न नदिन मन्त्रीलाई बुझाए ज्ञापनपत्र

  • चैत ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ (पाथिभरा) मा विकासको नाममा त्यहाँ रहेका रुखहरु काट्न अनुमति नदिन माग राख्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मुक्कुम्लुङ बचाऊ अभियानमा संलग्न ७ वटा संघ संस्थाले आज (सोमवार) मन्त्रालयमै गएर मन्त्री उप्रेतीलाई रुख काट्न अनुमति नदिन माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सांस्कृतिक सम्पदा तथा जैविक विविधता सर्वनाश गर्ने काम कारबाही गरेमा त्यसको प्रतिरोध गर्दा अप्रिय घट्ना हुन सक्ने र त्यस्तो अप्रिय स्थिति उत्पन्न भए जनसमुदायको शान्ति र सुरक्षाको जिम्मेवार सरकार नै हुनुपर्ने उनीहरुको भनाइ छ ।

समयमा नै सरकार नै सचेत होस् भनेर मन्त्री उप्रेतीलाई ज्ञापनपत्र बुझाएको उनीहरुले उल्लेख गरेका छन् ।

पछिल्लो समय मुक्कुम्लुङ (पाथिभरा) मा केबलकार निर्माण गर्ने विषयलाई लिएर विवाद चर्किएको छ । पाथिभरा (मुक्कुम्लुङ) लिम्बु÷याक्थुङ समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्रस्थल रहेको भन्दै स्थानीय बासिन्दा र आम जनसमुदाय त्यसको संरक्षणका लागि आन्दोलनरत छन् ।

विकासको नाममा मुन्धुमी, सांस्कृतिक सम्पदा, आध्यात्मिक पवित्रस्थल मुक्कुम्लुङमा केबलकार निर्माण गर्न राष्ट्रिय फूल लालीगुराँस लगायत पचासौँ हजार मुन्धुमी बोट बिरुवा काट्न नदिन यसअघि उनीहरुले ‘वन तथा वातावरण मन्त्रालय’,

‘संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालय’ र ‘गृह मन्त्रालय’मा ज्ञापनपत्र बुझाइसकेका छन् ।

मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङको सङ्घीय समिति, पहिचान सहितको प्रदेश नं. १ प्रदेश पुनः नामाङ्कन अभियान समिति तथा किरात धर्म तथा साहित्य उत्थान सङ्घ मोरङ, मुक्कुमलुङ तान्सेःप् चुम्भो र लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समितिको तर्फबाट सहजीकरण समूहले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved