नागरिक स्तरबाट खानेपानी व्यवस्थापनमा लागे एक करोड सहयोग गर्ने प्रतिवद्धता

  • चैत्र ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ ।

धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक हुनुहुन्छ ।

धरानमा खानेपानीको दीर्घकालिन समाधानका लागि सरकारबाट कुनै काम नहुँदा उहाँ चिन्तित पनि हुनुहुन्छ ।

राणा, पञ्चायत, प्रजातन्त्र र उन्नत लोकतन्त्र सबै खेप्नु भएको श्रेष्ठ धरानमा खानेपानीको समस्या राणाकालदेखि नै भोग्दैं आएको बताउनु हुन्छ ।

समस्या राणाकालदेखि थियो । नयाँ व्यवस्था आयो । शासक फेरिए । शासन फेरियो । तर धरानको खानेपानीको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन् ।,

उहाँ भन्नुहुन्छ । अव यस विषयमा नागरिक नै जागरुक हुनु जरुरी छ ।

दलहरुले धरानको खानेपानी समस्या समाधान गर्न नसकेको उहाँ बताउनु हुन्छ ।

पछिल्लो समय धरान उपमहानगरको मेयर हर्कराज राई भएर आए पछि समाधान होला भन्ने धेरै आशा र भरोसो धराने जनातामा थियो तर उहाँको पनि प्रचारबाजीमा सिमित भएको उहाँको बुझाई छ ।

धरानको खानेपानी समाधानका लागि अव नागरिक स्तरबाट जुटेर समाधान गर्नु पर्ने उहाँको जोड छ ।

धनकुटाको मुलघाट माथि भैसेघाटमा तीव वटा पानीका भङगाला भएको उक्त पानी धरान ल्याउन सहज र सुलभ हुने उहाँको सुझाव छ ।

नागरिक स्तरमा नेतृत्व गरेर पानीको लागि अभियान सुरु गरे आफु व्यक्तिगत रुपमा एक करोड सहयोग गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनु भएको छ । दलहरु, अहिलेको मेयरले धरानको खानेपानी दीर्घकालका लागि व्यवस्थापन गर्न सक्दैंनन् ।

दीर्घकालिन समस्या समाधानका लागि अव नागरिक स्तरबाट अभियान चलाएर पानीको व्यवस्थापन गर्न सकिने उहाँको भनाई छ । धनकुटाको मुलघाटबाट पानी ल्याउन सहज हुने उहाँ बताउनुहुन्छ ।
धरानको भूमीगत पानीको श्रोत कम छ । कोशी प्रोजेक्ट भारतले चलाउदा यहाँका प्राकृतिक श्रोत सबै कोशी व्यारेज लगियो ।

ढुङ्गा गिटी बालुवा निकाल्ने र यहाँका बोट विरुवा काटेर उजाड पार्ने काम हुँदा पानीको श्रोत सुकेर गएको उहाँको भनाई छ ।

अव पानीको दीर्घकालिन व्यवस्थापनका लागि सबै एकजुट भएर लागे श्रोत पनि उठाउन कुनै समस्या नपर्ने उहाँ बताउनु हुन्छ ।

 

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved