मानवीय विकाशमा प्रदेश सरकार अघि बढेको छ : मुख्यमन्त्री कार्की

  • चैत्र ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /भौतिक विकाशले मात्रै नभई मानवीय विकाशले सभ्य समाज निर्माण गर्ने भएकाले कोशी प्रदेश सरकार मानवीय विकाशमा अघि बढेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । 

विराटनगरमा सोमबार देखि शुरु भएको ५९ औं अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित दलित जनप्रतिनिधिहरूको तेस्रो कोशी प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले मानवीय विकाशलाई प्राथमिकतामा राखेको बताउँदै समाजमा विभेद रहे सम्म विकाश नहुने तर्क गरे ।

उनले विभेद रहित समाजले मात्रै प्रदेशको विकाश गर्ने बताए । 

उनले ऐन कानुन बनाएर मात्र विभेद अन्त्य नहुने भएकाले त्यसका लागि आफु भित्रको मानसिकता परिवर्तन गर्नु जरुरी रहेको बताए ।

सामाजिक विभेद अन्त्य गर्न स्वयं आफूमा परिवर्तन आवश्यक रहेको बताए ।

उनले भने, ‘परिवर्तन आफैबाट सम्भव छ, चाकडी गरेर परिवर्तन हुँदैन, चाकडी गर्ने संस्कार अन्त्य गर्न सके समाज परिवर्तन हुन्छ ।’

उनले विभेदरहित समुन्नत समाजको निर्माण अहिलेको आवश्यकता रहेको बताउँदै कानुनमा रङ्ग तथा जातीय विभेद अन्त्य भइसकेको दाबी गर्दै मानसिकता परिवर्तन हुन नसकेको दाबी गरे । 

मुख्यमन्त्री कार्कीले दलित समुदायको समान अधिकार एवं उनीहरूको राजनीतिक तथा आर्थिक विकासका लागि आउँदो वर्षे अधिवेसनमा दलित अधिकार सम्बन्धी तथा सशक्तिकरण सम्बन्धी विधेयक टेबल गरिने प्रतिबद्धता जनाए ।

अघिल्ला वर्षहरुमा केही अड्चनहरु आएकाले ढिलाई भएको बताउँदै आउँदो प्रदेशसभामा विधेयक टेबल गर्न सामाजिक विकाश मन्त्रालयमा पुगिसकेको उनले बताए ।

उनले दलित समुदायका जनप्रतिनिधीले सबैको प्रतिनिधी सरह रहेको महशुष गर्दै आफैमा परिवर्तन ल्याउन आग्रह गरे । 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले जातीय भेदभाव तथा छुवाछुत कानुनी रुपमा दण्डनीय अपराध हो भन्ने कुरा सबैमा जागरूक र सचेत गराउनुपर्नेमा जोड दिदै दलित अधिकार सम्बन्धी ऐनका केही विषय व्याख्या, स्पष्ट गर्न सरोकारवाला पक्ष बिच बसेर वृहत छलफल गर्नुपर्ने आवश्यक्ता महशुष गरिएको बताए ।

उनले भने, टेबल गर्नु अघि दलित समुदायका अगुवा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदहरु सँग छलफल गरेर पुर्ण बनाएर प्रदेशसभामा पेश गरिने तयारी गरिएको छ ।’

मानव अधिकारका लागि श्रोत विकास मञ्च रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले दलित समुदायको हक अधिकार सुनिश्चित गर्न तीनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

राज्यले कानुन बनाए पनि कार्यान्यवन पक्ष, जसको लागि कानुन बनाएको हो, उनीहरु नै पनि अनविज्ञ रहेकाले कार्यान्यवन पक्ष फितलो देखिएको उनले बताए । गाउँ गाउँमा सिंहदरबार भनिए पनि सरकारको भुमिका स्पष्ट नभएको बताए ।

उनले भने, दलित आन्दोलन आशालाग्दो रुपमा अघि बढेको छ, यसलाई थप प्रभावकारी बनाउन तिनै तहको सरकारले कार्यान्यवन गराउन पहल आवश्यक छ ।’

कार्यक्रमको अवसरमा इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश रसाइलीलाई सम्मान गरिएको छ ।

लामो समय देखि इटहरीमा विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहँदै सामाजिक सेवा सहित दलित आन्दोलनमा अभियन्ताका रुपमा रहेका रसाइलीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री कार्की सहित सामाजिक विकाश मन्त्री राजेन्द्र कार्की, अध्यक्ष उमेश विश्वकर्माले सम्मान गरेका थिए । 

रिडेफ नेपाल लगायतका विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको दुई दिने प्रदेश स्तरीय सम्मेलनमा प्रदेशका सबै स्थानीय तहका दलित जनप्रतिनिधि,

प्रदेशसभा सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सम्मेलन मंगलबार सम्म चल्ने आयोजकले जनाएको छ । 

 

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved