राजनीति

    Showing ७१-८० of १,९५८ items.
  • निर्वाचन प्रहरी पोसाक खरिदमा ६० करोड भ्रष्टाचारको आरोप

    काठमाडौं/ निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीका लागि पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोपसहित प्रधानमन्त्री कार्यालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा एकसाथ उजुरी दर्ता गरिएको छ। गत १६ माघमा सार्वजनिक भएको समाचारलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा होमिएको र दुई महिनापछि मात्रै ३० चैत २०८२ मा औपचारिक उजुरी परेको हो। उजुरीमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, डीआईजी विश्व अधिकारीसहित संलग्न ठेकेदार कम्पनीहरूमाथि कारबाहीको माग गरिएको छ। अख्तियारमा सी–०५६४३४ नम्बरमा दर्ता भएको उजुरीम

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ३०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार गठनको २४ घण्टा नबित्दै सडक बल्न थाल्यो

    धरान/  बहुमतको सरकार गठन भएपछि राजनीतिक स्थायित्व हुने अपेक्षा गरिएपनि सरकार गठन भएको भोलिपल्टबाटै सडक तात्न थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको २४ घण्टा वित्न नपाउदै सडकमा टायर बलेका हुन् । बालेन नेतृत्वको सरकार गठन भएको भोलिपल्ट विहानै निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा देशमा विभिन्न ठाउँहरुमा प्रदर्शन सुरु भएको छ । एमालेले आफना अध्यक्षको पक्राउको विरोधमा औपचारिक रुपमा संघर्ष थालेको छ भने नेपाली काँग्रेसल

    • प्रकाशित मितिः चैत १४, २०८२
    • ३३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओली–लेखक पक्राउप्रति एमाले धरानको आपत्ति! तत्काल रिहा गर्न माग

    धरान/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई राज्यले गरेको पक्राउको कडा शब्दमा विरोध गरेको छ। शनिबार (चैत १४) बिहान भएको उक्त पक्राउलाई कमिटीले “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत भएको ठहर गरेको छ। कमिटीका अध्यक्ष हर्कजंग एभेङद्वारा जारी प्रेस वक्तव्यमा दुवै नेताको तत्काल रिहाइको माग गरिएको छ। वक्तव्यमा भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगप्रति सर्वोच्च अदालतले सम

    • प्रकाशित मितिः चैत १४, २०८२
    • ३२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ ! भद्रकाली प्रहरी परिसरमा राखियो

    काठमाडौं/ मुलुकको राजनीतिक वृत्तलाई तरंगित बनाउने घटनाक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनीहरूलाई शनिबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएर काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रहरी स्रोतका अनुसार ओलीलाई गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको हो। हाल दुवैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनको घटनालाई लिएर गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री ओली, रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका

    • प्रकाशित मितिः चैत १४, २०८२
    • २९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश चलचित्र पत्रकार संघकाे अध्यक्षतामा वीरेन्द्र शाह निर्वाचित

    बिराटनगर/ चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन्।   महासचिवमा बिकल श्रेष्ठ, सचिवमा तुलसी प्रसाद निरौला, सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल चयन भए।  यसैगरी केन्द्रीय सदस्यमा सन्जु राई (सुमित्रा) (सन्जु), विकल श्रेष्ठ चयन भएका छन्। चलचित्र पत्रकार महासंघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईको

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ४७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानको पानीमा कसको अधिकार ? धरानमा नयाँ विवाद चर्कियो

    धरान/ खानेपानी संकटसँग जुधिरहेको धरानमा श्रमदानबाट ल्याइएको पानीले राहत त दियो, तर अहिले यही पानीको स्वामित्व र व्यवस्थापनको विषयले नयाँ विवाद जन्माएको छ। कोकाहा खोलाबाट स्थानीयले पसिना बगाएर ल्याएको पानी कसरी प्रयोग गर्ने भन्नेमा मतभेद देखिएको हो। निवर्तमान मेयर तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले खानेपानी बोर्डप्रति असन्तुष्टि जनाउँदै श्रमदानको सम्मान हुनुपर्ने बताएका छन्। उनले श्रमदानका क्रममा पिउने पानीका लागि बोर्डसँग ट्यांकर माग्दा समयमै उपलब्ध नगराइएको आरोप लगाए। “मेहनतको कदर भएन,” भन्दै उनले अब श्रमदानबाट ल्याइएको पानी बोर्डको ट्यांकीमा नराखी सिधै जनतालाई वितरण गर्न

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ३१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा दलित अधिकार ऐनमा ढिलाइ :बजेटसहित बाध्यात्मक कानुन ल्याउन दबाब

    धरान/ कोशी प्रदेशमा दलित अधिकारसम्बन्धी ऐन निर्माणमा भइरहेको ढिलाइप्रति दलित अधिकारकर्मी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले दलित अधिकार सुनिश्चित गर्न बजेटसहितको बाध्यात्मक कानुन अविलम्ब प्रदेशसभामा पेस गर्न प्रदेश सरकारसँग माग गरेका छन्।नेपालको संविधानले दलित समुदायका लागि महत्वपूर्ण मौलिक हक सुनिश्चित गरे पनि कोशी प्रदेश र स्थानीय तहमा दलित अधिकारसम्बन्धी ऐन निर्माणमा ढिलाइ हुँदा ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार कानुन नहुँदा तथा बनेका कानुनमा पर्याप्त बजेट नहुँदा दलित सशक्तीकरणका कार्यक्रमहरू

    • प्रकाशित मितिः चैत २, २०८२
    • ३६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारमाथि आक्रमण गर्ने मुख्य आरोपी १५ दिनपछि प्रहरी नियन्त्रणमा

    झापा/  झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलन गर्दै गर्दा पत्रकारमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा मुख्य आरोपी युवराज पाठक पक्राउ परेका छन्। कमल गाउँपालिका–६ का ४५ वर्षीय पाठकलाई ‘अभद्र व्यवहार’ मुद्दामा जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा शुक्रवार इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। गत फागुन १४ गते नेकपा एमालेको निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमको समाचार संकलन गर्दै गरेका पत्रकार

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ३४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीमा समानुपातिक ‘रोइलो’: दुई उम्मेदवार आफैं पछि हटे

    धरान/ समानुपातिक सांसद बन्ने आकांक्षीहरूको संख्या बढ्दै जाँदा श्रम संस्कृति पार्टीभित्र विवाद चर्किएको बेला दुई उम्मेदवारले भने बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। समानुपातिक बन्दसूचीमा रहेका जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरूले नाम फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्। खस–आर्य पुरुषतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका बिष्टले गोर्खा लाहुरे समुदायको संसदमा प्रतिनिधित्व होस् भन्ने उद्देश्यले आफूले नाम फिर्ता लिएको बताएका छन्। उनले पुरुषतर्फ भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूको नाम बन्दसूचीबाट पठाइदिन पार्टीलाई आग्रहसमेत गरेका छन्। त्यसैग

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ३३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाका समस्या संसद्मा उठाउने राईको प्रतिबद्धता

    धनकुटा/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाका प्रमुख समस्या समाधानका लागि संसद्मा सक्रिय पहल गर्ने बताएका छन्। धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले किसानलाई प्रत्यक्ष असर पारिरहेको बाँदर आतङ्क नियन्त्रणको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि आवश्यक नीतिगत व्यवस्था र कार्यक्रम ल्याउन आफूले पहल गर्ने उनले बताए। राईले विवादास्पद मानिएको गाँजा खेतीलाई वैधानिकता दिने विषयमा कानुन संशोधनका लागि पनि पहल गर्ने उल्लेख गरे। यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ। त्यसैगरी कोशी राजमार्गअन्तर्गत भे

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • ३११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved