धरान/ नेकपा(एमाले) सूर्य ध्वजावहाक उम्मेदवार टिकाराम लिम्बूलाई जिताउन चुनाव प्रचारको अन्तिम दिन सोमबार नेकपा एमाले सुनसरी १ ले वृहत मोटरसाइकल र्याली निकालेको छ । निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारीको अगुवाईमा सुनसरी १ का २७ वटै वडाहरुमा र्याली निकालेको हो । बराह क्षेत्र र रामधुनीमा छुट्टै र्याली निकालिएको थियो । र्यालीलाई स्थानीयलृ उत्साहका साथ स्वागत गरेका थिए । मोटरसाइकल र्याली व्यवस्थापन समितिका संयोजक भीमज्वाला राईका अनुसार नयाँ बसपार्क धरान ८ बाट लांघाली चोक, शहिद मार्ग, महादेव चोक, स्कुलडाँडा, माथिल्लाृे पानबारी तल्लो देउराली, बीच देउरालीहुँदै बगरकोट, सदनस्
टिकाराम लिम्बू नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता तथा सुनसरी जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय लिम्बू संगठन निर्माण, स्थानीय विकास र सामाजिक सद्भावका विषयमा काम गर्दै आएका नेता मानिन्छन्। उहाँले विशेषगरी धरान तथा बराहक्षेत्र क्षेत्रको पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सुधारलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आउनु भएको छ । पार्टीभित्र संगठनात्मक अनुभवका कारण उहाँ क्षेत्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ। हाल उहाँ आगामी प्रतिनिधिसभा निर्व
धरान/ सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिनुभएको छ । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिनुभएको हो ।अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर विजय हासिल गर्नुभएको थियो। उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी हुनुभएको थियो । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनाली ले ६ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जि
धरान/ नेकपा एमालेका सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार टीकाराम लिम्बूको समर्थनमा धरानमा करिब १०० ई–रिक्सा चालकले जोरदार र्याली निकाल्दै मतदातामा आफ्नो उपस्थिती र समर्थन देखाएका छन्। र्याली धरान–१५ बाट सुरु भएर सदन स्कुल, बुढासुब्बा चोक, पिण्डेश्वर चोक, श्याम चोक, सहिद मार्ग, बाजेबोजु चोक, भोटेपुल, धनकुटे रोड, बुद्धचोक र रेल्वे क्षेत्र हुँदै नगर परिक्रमा गरेर सम्पन्न भएको थियो। र्यालीमा सहभागी चालक तथा समर्थकहरूले लिम्बू र समानुपातिक उम्मेदवार मौसमी राईको जित सुनिश्चित गर्न मतदातालाई मतदानमा सक्रिय हुन अपिल गरे। आयोजकका अनुसार, श्रमिक, मजदुर, ज्येष्ठ नाग
दुहबी/ सुनसरी क्षेत्र नम्बर ३ का बासिन्दाले नयाँ तथा पुरानोका भर नभएको तर भगबती चौधरीमा बिश्बास भएको जनाएका छन ।सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । भगबती चौधरीले गर्नुभएको योगदानका कारण सुनसरी ३ बासिन्दाले उहाँप्रति भरोषा राखेका हुन । बुढाथोकी भन्नुहुन्छ “बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर ने
धरान/ सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायले आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समिति, धरान उपमहानगर समिति र जिल्ला सुनसरीले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी सूर्यबहादुर भट्टराई (मनोज) लाई आगामी निर्वाचनमा सहयोग गर्ने घोषणा गरेको हो। समितिले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घोषणापत्रमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या स्पष्ट रूपमा समेटिएको र दीर्घकालीन समाधानका लागि प्रतिबद्धता व्यक्त गरिएकाले समर्थन गर्ने निर्णय गरिए
धरान/ २०४८ सालदेखि निरन्तर विजय हासिल गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सुनसरी निर्वाचन क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने निर्वाचनमा पुनः इतिहास दोहोरिने दाबी गरेको छ। शनिबार धरानस्थित भानुचोक मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले विगतको जनविश्वास र संगठनात्मक सुदृढताले यसपटक पनि विजय सुनिश्चित हुने संकेत गरेको बताएका हुन्। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गौतम ले सुनसरी–१ लाई मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला श्रेष्ठ तथा जयकुमार राईजस्ता व्यक्तित्वले प्रतिनिधित्व गरेको ऐतिहासिक क्षेत्रका रूपमा स्मरण गराउनुभयो। उहाँले बदलिँदो सम
धरान/ सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य बहादुर भट्टराई (मनोज) को सचिवालय टिमले बुधबार बिहानदेखि प्रतीकात्मक पैदल यात्रा सुरु गरेको छ। धरान–१४ स्थित विजयपुर दरबार बाट प्रारम्भ गरिएको यात्राले उम्मेदवार भट्टराईको चुनावी नारा—“सुनसरी क्षेत्र नम्बर १ को भूगोल र मन जोड्न मेरो उम्मेदवारी”—लाई व्यवहारमै उतार्ने सन्देश दिएको सचिवालयले जनाएको छ। सचिवालय सदस्य जनकऋषि राईका अनुसार पहिलो दिनको यात्रा बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, धरान पुरानो बजारस्थित जामा मस्जिद धरा
धरान/ सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीको शालिन अभिव्यक्ती,प्रचारशैली र बिकासप्रेमी छबीका कारण मतदाता आकर्षण बढेको छ । भगबती चौधरीले आफू गर्न नसक्ने झुठो आश्वासन नदिने, अरु उम्मेद्वारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर शुसासनका लागि लडने प्रतिबद्धता जनाउनुभएको छ । एमाले उम्मेद्वार चौधरीले अघिल्लो चुनाबबाट बिजयी भएपछि तीन बर्षमा तीन अर्व २१ करोड बजेट सुनिश्चित गरेर सुनसरी ३ मा बिकास योजना संचालन गरेको बताउनु भएको छ । ती मध्ये केहि योजना पुराहुन वाँकी छन, कामपूरा गर्ने जिम्मेबारी दिन जनता समक्ष भगबती चौधरीले आग्रह गर्नुभएको छ। उहाँले २७५ बिपन्न परिवार लाई घर बनाएर दिनु भएको छ । द
धरान/सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार टिकाराम लिम्बु ले धरान–१९ मा घरदैलो अभियानलाई तीव्र बनाउँदै चुनावी माहोल थप ताताएका छन्। ‘युवा शक्ति, समृद्ध सुनसरीका लागि’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। धरान–१९ को बालक चोकस्थित निर्वाचन परिचालन समितिको कार्यालयबाट शुभ–सगुनसहित सुरु भएको कार्यक्रममा समानुपातिक उम्मेदवार मौसमी राई, नेता–कार्यकर्ता तथा युवापंक्तिको सक्रिय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, विकासका आवश्यकता र जनअपेक्षाबारे सुझाव संकलन गरे