राजनीति

    Showing 731-740 of 1,670 items.
  • राजीनामाको जिकिर गर्दै : सांसद शर्मा

    काठमाडौं / सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याएका हुन् । उनले विनासर्त गृहमन्त्रीले राजिनामा दिनु पर्ने जिकिर गरेका छन । केहि समय अगाडि भएको सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी समेत दिएका छन् । सुन तस्करी प्रकरणको विरुद आवाज उढाउदा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा आफूलाई आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै शर्माले आक्रोस व्यक्त गरेका छन ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालोमोसाे दल्ने चेतावनि आएपछि मुख्यमन्त्रीको कार्यक्रम स्थगित

    विजयपुर / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ । धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु  आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन । उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समिति

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा सक्रिय बन्दै वाईसिएल, ७ पालिकामा सकियो सम्मेलन

    विराटनगर/  नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एकमहिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ । वाइसिएल मोरङका सचिव मोहम्मद रिहानले दिएको जानकारी अनुसार यस अवधिमा मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेलाहरु सम्पन्न भएका छन् । उक्त भेला तथा सम्मेलनबाट नयाँ समिति गठन भएको छ । जसअनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन तथा भेला गरिएको हो । वाइसिएलको मोरङ जिल्ला समन

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर कोइरालाको नेतृत्वमा रथयात्रा हुने रुटको निरीक्षण

    विराटनगर / विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन सहज हुनेगरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने मेयर कोइरालाले बताउनुभयो । यसपटकको रथयात्रामा ५ वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो । मेयर कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यसपटकको रथयात्रालाई भव्य बनाइने बताउनुभयो । महानगरको संयोजनमा यसपटकको रथयात्रा हुँदैछ । महा

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरद्वारा सफाई शाखाका कर्मचारीलाई धार्मिक यात्रा

    विराटनगर / विराटनगर महानगरपालिकाले सरसफाई शाखाका कर्मचारीहरु (सडक सफाई गर्ने कर्मचारीहरु)लाई धार्मिक यात्रा गराएको छ । महानगरले साउने सोमबारको अवसर पारेर सुनसरीको धरानस्थित पिण्डेश्वर मन्दिरको धार्मिक यात्रा गराएको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार बिहान धार्मिक यात्रामा जाने कर्मचारीहरुलाई विदाई गर्नुभयो । मेयर कोइराला कर्मचारीहरुसँगै मन्दिर पुग्नुभएको थियो । कर्मचारीहरुले जतरास्थित सप्तकोशीको जल लिएर पिण्डेश्वर पुगेका थिए । झरी–बादल नभई महानगरको सरसफाईमा अहोरात्र खट्ने कर्मचारीलाई हौसला प्रदान गर्न धार्मिक यात्रामा लगेको मेयर कोइरालाले बताउनुभयो ।

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात राई यायोक्खाको ३६ औं स्थापना दिवशमा रक्तदान

    धरान। किरात राई यायोक्खाको ३६ औं स्थापना दिवश सुनसरीको धरानमा पनि मनाइएको छ । किराया सुनसरीले आज रक्तदान कार्यक्रमको आयोजना गरी ३६ औं स्थापना दिवश मनाएको हो । रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा धरान १० स्थित किराया यलम्बर स्मृति संग्राहलयको सभाहलमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको किराया सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । उनले डेंगु महामारीका कारण रक्तदाताहरुले रगत दिन नपाउँदा सोचे अनुरुप रगत संकलन नभएको पनि बताए । यायोक्खामा योगदान पुर्याउने चार जना सम्मानित कार्यक्रममा किरायाको वडामा रहेर लामो समय नेतृत्व योगदान पुर्‍याउने चार जनालाई ’जिव

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बन्दले बोलबम मेला प्रभावित

    धरान/  लिम्बुवानी जनताको स्वतन्त्रता र सर्वभौमिकता गुमेको भन्दै लिम्बुवानजन्य पार्टीहरुले गरेको बन्दका कारण धरानमा समेत प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुहरु बाटामा अलपत्र परेका छन् भने साउनको सोमबार लाग्ने बोलबम समेत प्रभावित भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले  साउन २२ गते लाई कालो दिनको सज्ञ दिँदै बन्दको घोषणा गरे । बन्दका कारण साउन महिनाको सोमबार लाग्ने बोलबम मेला प्रभावित भएको छ भने गन्तव्यका हिडेका यात्रुहरु समेत अलपत्र परेका छन् । बन्दले बोलबममा जल चढाएर घर फर्किने तयारीमा रहेका भक्तजनहरु र गन्तव्यमा हिडेका यात्रुहरु स

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 1,205 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सादा जिवनका उदाहरणीय ब्यक्तित्व: दलु सर

    विजयपुर : नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान नगर इन्चार्ज जगदिस कुसियैतले दलबहादुर छायाँ (भुजेल) सादा जिवनका उदाहरणीय ब्यक्तित्व भएको बताएका छन् । सादा जीवन र उच्च विचारका नमुनाका रुपमा दलबहादुर छायाँलाई लिन सकिने उनले बताए । शनिबार नेकपा एमाले धरानले दल बहादुर छायाको स्मृतीमा आयोजना गरेको स्मृतीसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । दलबहादुर छाँया नेकपा  एमाले धरानका संस्थाप नेतापनि हुन् । उनलाई धरानको बामपन्थी आन्दोलनका अगुको रुपमा समेत सम्मान गरिदै आएको छ । कुसियैतले छायाँका विषयमा थप प्रष्ट पार्दै भने मिजासिला कुशल, निस्वार्थ भाव, साधारण जिवन शैलि, उच्च विचारका ए

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काँग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान जारी

    धरान/ साउन ६ गतेदेखि सञ्चालनहुंदै आएको ग्रीन एण्ड क्लीन धरानअभियानमा नेपालीकांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवानगर प्रमुख केदार भण्डारी समेत सहभागीभएका छन् । नेपालीकांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान धरान ८ मापुग्दा ढुंगाना र भण्डारी सहभागीहुनआएकाहुन् । नेपालीकांग्रेसकाकेन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवकालागिअतिआवश्यक रहेकाले क्षेत्रीयकार्यसमितिले धरानमाल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौंअभियानअत्यन्त सान्दर्भिक रहेको बताएका छन् । त्यसैगरी ईनरुवानगर प्

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुकुम्बासी समस्या समाधानमा १६ नं. वडा समिति

    धरान । धरान उपमहानगरपालिकाभित्र रहेको सुकुम्बासी समस्या नौलो होइन । बर्षौदेखिको हो । सुकुम्बासी समस्या समाधान गर्ने एजेन्डा बोकेर राजनीतिक दलका नेताहरु पटक पटक जनप्रतिनिधि भए तर समाधान कहिल्यै भएन । यसलाई राजनीतिको सिढीको रुपमा प्रयोग गरिरहे । तर धरान उपमहानगरपालिका वडा नं. १६ ले भने वास्तविक सुकुम्बासीको पहिचान गर्ने कामलाई तिब्रता दिएको छ । धरान उपमहानगरपालिकाको जटिल समस्याको रुपमा सुकुम्बासी समस्यालाई लिने गरिएको छ । हरेक चुनावमा यो समस्या सबै राजनीतिक दलको मुख्य एजेन्डामा पर्छ । तर चुनाव जितिसकेपछि यो एजेन्डा ओझेलमा पर्छ, सुकुम्बासीको समस्या ज्युका त्यू रहन्छ । तर अब यसलाई राजनीतिक एजेन्ड

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved