हल्दिवारीका पूर्व उपाध्यक्ष गिरी विरुद्ध जाहेरी दर्ता

  • चैत ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 झापा /हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको छ ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए ।

गिरी विरुद्ध आज जाहेरी दर्ता भएको हो । 

गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए ।

चैत १८ गते हल्दिवारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए । 

त्यस्तै, झापाका दलित संघ संगठनहरुले जातको आधारमा भेदभाव गर्ने हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् । 

जिल्ला स्तरीय दलित संघ संगठनहरुको भेलाले दलित अधिकारकर्मी,

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई जातीय भेदभाव तथा छुवाछूत गर्ने गिरीलाई कारबाहीको माग गरिएको हो । 

एक विज्ञप्ति सार्वजनिक गर्दै जातको आधारमा अपमान गर्ने गिरीको अभिव्यक्ति विरुद्ध प्रतिकार गर्न न्यायप्रेमी जनसमुदायसँग जोडदार माग गरिएको छ । 

कारबाहीको माग गर्दै नेपाल दलित संघका सभापति दल बहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश),

कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश बिश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव,

नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य समेत रहेका पोर्तेललाई विभेद गर्ने गिरीलाई दलित अधिकारको क्षेत्रमा क्रियाशील झापाका संघसंगठनहरुले कारबाहीको माग गरेका हुन् ।

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved