तमोर करिडोर बन्यो : छैन सुरक्षा पोष्ट

  • चैत्र २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ पछिल्लो समय तमोर करिडोरको ट्रयाक खुलेसँगै सवारी साधनको चाप बढेको छ ।

तमोर करिडोरको ट्रयाक खुलेसँगै पछिल्लो तमर क्षेत्रमा बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गएपछि यहाँका स्थानीयहरुले सुरक्षा पोष्ट स्थापनको माग गरेका छन् ।

करिडोरको प्रस्थान विन्दु मुलघाटदेखि घनकुटा र पाँचथरको सीमा क्षेत्र नावा खोला सम्मको दूरी २८ किमी रहेको छ ।

यो सडक हुदै दैनिक २ सय साधन आवात जावत गर्ने गर्छन् ।

तर बढ्दो चाप र यतिलामो समय खण्डमा कुनै पनि सुरक्षा पोस्ट छैन । यो क्षेत्रमा कुनै घटना वा दुर्घटना भए मुढेबास र डाँडा बजारमा रहेको प्रहरी चौकीसम्म पुग्नुपर्ने बाध्यता छ ।

भौगोलिक दृष्टिकोणले यी चौकी तमोर गढदेखि चारपाँच घण्टाको पैदल दूरीमा रहेको छ । सुरक्षाको दृष्टिकोणले यस क्षेत्रमा सुरक्षा चेकपोष्ट राख्न अति आवश्यक भएको स्थानीय बताउँछन् ।

बढ्दो चहलपहललाई मध्यनजर गरी स्थानीयले तमोर गढमा सुरक्षा पोष्ट स्थापना गर्न माग माग गरेका छन् ।

सागुरीगढी गाउँपालिका वडा नं. ३ कुसेटारका खेलबहादुर न्यौपानेले सुरक्षा तथा दुर्गघटना जस्ता कुरलाई मध्यनगर गरी यो ट्रयाकमा सुरक्षा पोष्ट राख्नुपर्नेमा जोड दिए ।

भएको सुरक्षा पोष्ट डाडाबजारबाट आइपुग्न धेरै समय लाग्ने भएकोले सम्बन्धित स्थानमा पोष्ट खडा गर्दा सबैलाई सहज हुने उनको भनाई छ ।

चौविसे गाउपालिकाका होल व्यवसायी हरि ओझाका अनुसार चौविसे गाउँपतिमोर करिडोर १ सय ४१ किमी राजमार्ग बन्दै छ ।

यो राजमार्गमा प्रहरी चौकी मुलघाटबाट छिरिसकेपछि धेरै लामो दूरीसम्म नभएका कारण बाटो जोखिम भएकोले जोखिम यात्रासँगै दुर्घटना भइहालेको खण्डमा प्रहरी नै चाहिने भएकोले पनि प्रहरी चौकी आवश्यक रहेको ओझाको भनाई छ ।

व्यवसायिक सुरक्षाका लागि पनि प्रहरी चौकी आवश्यक रहेको उनको भनाई छ ।

तमोर करिडोरको यो क्षेत्रमा होटल तथा अन्य व्यवसाय खुल्ने क्रम बढ्दै गएको छ । यसले यो क्षेत्रमा आर्थिक गतिविधि समेत बढेको छ ।

व्यापारी तथा व्यवसायको संरक्षणको लागि राज्यले तमोर करिडोरमा तत्काल सुरक्षा पोष्ट गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाई छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले यो क्षेत्रमा बढ्दो सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सुरक्षापोष्ट निर्माण गर्न माथिल्लो निकाय सिफारिस गरेर पठाएको बताए ।

त्यो निर्णय नभएसम्म जिल्ला तहबाट निर्णय गरेर तथा स्थानीय तहसँगको समन्वयमा अस्थायी प्रहरी पोष्ट राख्ने काम अगाडि बढाइने प्रजिअ पौडेलको भनाई छ ।

यो क्षेत्रम साँगुरीगढी गाउँपालिकाको घोसेटार, चौविसे गाउँपालिकाको सदाम टार, हंसा मोरङ, फलामे टार, भैसे टार लगायतका गाउ पर्छ ।

धनकुटासहित पाँचथर, ताप्लेजुङ, तेह्रथुमको विभिन्न स्थानको लागि सवारी साधन यही करिडोरबाट आवतजावत हुने गरेको छ ।

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

मे दिवसमा सडक दुर्घट ...

काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै ...

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved