पिण्डेश्वर महाकुम्भ मेला : सबै उत्साहित, व्यवस्थित व्यवस्थापन

  • चैत्र २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

धरान /सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा मंगलबार बाट १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ ।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

कुम्भ मेला शुरु भएसँगै अहिले चतरामा चहलपहल बढेको छ ।

भक्तजनहरुको आगमन बाक्लिएको छ ।

मेलालाई व्यवस्थित गर्न सबै पक्ष लागि परेका छन् । जसले गर्दा भक्तजनहरुलाई समेत सहज भएको छ ।

उद्घाटनकै दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको चतरामा अहिले पनि भक्तजन चतरा जाने र कुम्भ स्थान गरेर धरानको पिण्डेश्वर मन्दिरमा आएर जल चढाउने गरिरहेका छन् ।

मेलालाई कुम्भमैत्री बनाउन कुम्भ मेला सफल बनाउन बनेका समितिहरु १२ बर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेला मूल आयोजक समितिकाका सदस्य गोकुल गुरागाई बताउँछन् ।

बराहक्षेत्रको प्राचीन हरिद्वार क्षेत्रमा लागेको कुम्भ मेला नेपालकै ऐतिहासिक र गौरवशाली मेला भएको स्थानीय सरकारको ठहर छ ।

मेलाको राष्ट्रपति रामचन्द्र पौड्यालले उद्घाटन गरेपछि अझ आयोजक समिति, स्थानीय सरकार, स्थानीयबासी मेलालाई पूर्ण रुपमा सफल बनाउन उत्साहित बनेका छन् ।

मेलाको अवसरमा नेपाल लगायत भारतबाट समेत गरी ३० लाख भक्तजनहरु आउने अपेक्षा राखेको ।

यो मेला नेपालकै ऐतिहासिक तथा हरेक हिसाबले गौरवको रुपमा सबैले लिएका छन् ।

मेललाई भव्य र शब्य बनाउन बनाउन झक्तजनहरुको शान्ति सुरक्षाको व्यवस्था, खानपान, आवास, यातायात लगायतका कुरामा अफ्ठ्यारो नपार्ने अवस्था बनाउन स्थानीय सरकार आफै लागि बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की बताउँछन् ।

यता धरान तर्फ पनि पिण्डेश्वर मन्दिरमा जल चल चढाउन आउने भक्तजनहरुलाई यहाँका समितिहरु यातयात, ट्राफिक व्यवस्थापन, पिण्डेश्वर मन्दिरमा जल चढाउने व्यवस्था लगायतका कुरामा भक्तजनलाई सहजता प्रदान गर्न लागि परेका छन् ।

नेपालमा प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा महाकुम्भ मेला शुरु भएको थियो ।

यो दोस्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला हो ।

यो मेलाको ऐतिहासिकलाई अझ उजागर गर्दै देश विदेशसम्म मेलाको महत्वको विषयमा जानकारी गराउन समेत सबै पक्ष लागि परेका छन् ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved