सुनुवार सेवा समाजले दोश्रो प्रदेश सम्मेनल धरानमा गर्ने

  • वैशाख ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनुवार सेवा समाज प्रदेश नं १ समितिले “पहिचान र समानताको लागी प्रतीबद्धता“ भन्ने मुल नाराका साथ दोश्रो सम्मेलन गर्ने भएको छ ।

कोशी प्रदेशका ११ वटा जिल्लामा रहेका सुनुवार समुदायले धरानको सैैनिक भवनमा बैशाख ८ गते देखि दोश्रो सम्मेलन गर्न लागेका हुन् ।

आईतबार सुनुवार सेवा समाजका १ नं. प्रदेश समितिका अध्यक्ष एसा सुनुवारले सुनुवार समुदायका मानिसहरु प्रदेशको १४ वटै जिल्लामा रहे पनि ११ वटा जिल्लामा मात्र संगठित भएका मात्र सम्मेलनमा सहभागी हुने पत्रकारहरु माझ बताईन् ।

उनले सम्मेलन २ दिन सम्म रहने सम्मेलनमा पहिलो दिन विभिन्न झाँकी र सुनुवार समुदायका ख्याती प्राप्त कलकारहरुको प्रस्तुति रहने बताईन् ।

अध्यक्ष सुनुवारका अनुसार, धरान १२ स्थित पब्लिक हाई स्कुल मैदानबाट विभिन्न सिली, झाकी, र्याली निकाली छाता चौक हुँदै माछा भौडीबाट कार्यक्रम हुने स्थान सैनिक भवनसम्म आउनेछ । प्रदेश स्वास्थ्य मन्त्री प्रदिप कुमार सुनुवारको प्रमुख आथित्यतामा समुद्घाटन हुनेछ  ।

करिव ३ हजार जनाको जनसहभागीता रहने अनुमान गरिएको छ ।

दोश्रो दिन ९ गते बन्द सत्र कार्यक्रम हुनेछ । सुनुवार समुदाय आदिवासी जनजाति समुदाय मध्ये एक हो  ।

सुनुवारहरुको मूलथलो रामेछाप, ओखलढुंगा, सिन्धुली, दोलखा जिल्ला मानिने गरिएको छ ।

नेपाली भाषामा सुनुवार, मुखिया भनिने यी जाति आफुलाई सुनुवार भन्नमा गर्व गर्दछन् । आफूहरुका वीचका बोलचालमा सुनुवारलाई कोईच भन्ने गर्दछन्  ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved