रत्न बान्तवाको ४५ औं स्मृति दिवस मनाइयो

  • चैत २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ सहिद रत्नकुमार बान्तवाको ४५ औं स्मृति दिवस र ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

मंगलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद बान्तवाको स्मारकमा माल्यार्पण गरिएको हो ।

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बान्तवाको शालिकमा माल्यार्पण गर्नुभएको थियो।

यस्तै सिंहवाहिनी मन्दिर नजिक रहेको बान्तवाको समाधिस्थलमा माल्यार्पण गरिएको थियो।

नेकपा (एमाले) इलामले आयोजना गरेको बान्तवाको स्मृति दिवस सभालाई सम्बोधन गर्दै सहिद बान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको भूमिका र योगदानको चर्चा गरे ।

२००९ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते निरंकुश पञ्चायती शासकले देशद्रोहको आरोपमा हत्या गरेका थिए ।

सहिद रत्नकुमारलाई नेपाल सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो ।

तात्कालीन निरंकुश पञ्चायती व्यवस्थाका समयमा नेपाल र नेपालीलाई स्वतन्त्र गराउन राज्यविरूद्ध गतिविधि गर्दा रत्नकुमारले भूमिगत हुने क्रममा आफ्नै घरमा निर्माण गरेको सुरूङको समेत संरक्षण गरिएको छ ।

रत्नको जन्म घर चित्रेमा सहिद बान्तवा र कम्युनिस्ट सहिद बमप्रसाद बान्तवाको सम्झनामा स्मारक निर्माण गरिएको छ ।

स्मृति दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र)का प्रभास शर्मासहित अन्य कम्युनिस्ट नेता कार्यकर्ताले सहिद बान्तवाको शालिकमा माल्यार्पण गरेका थिए ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved